एकातिर पूर्वमन्त्रीले च्याप्ने अर्कोतिर मन्त्रालयकै सचिवले बोक्ने भएपछि भगौडा प्रहरीलाई कस्ले छुन सक्ने रु कस्ले चलाउने रु राष्ट्रपति विद्यादेवी भण्डारी निकटदेखि प्रधानमन्त्री केपी ओलीका विश्वाशपात्रहरुकै आड र भरोसा पाएपछि कतिसम्म दादागिरी चल्दोरहेछ भने हेर्न बालाजु औद्यागिक क्षेत्रतिर पुगे हुन्छ । त्यहाँँ देशैभरका औद्योगिक क्षेत्रको व्यवस्थापन हेर्ने गरी कार्यालय खडा भएको छ । र कार्यालयको अध्यक्षको जिम्मेवारी पाएका छन् भगौडा प्रहरी नन्दकिशोर बस्नेतले । यी बस्नेतकाजी यति माहिर कि सबैलाई नचाइदिने । कुनै समय क्याप्टेन रामेश्वर थापानजिक रहेर काम गरेका बस्नेतको नियुक्ति नै चोरबाटोबाट भयो । उनलाई पूर्वमन्त्री मातृका यादव कुनै पनि हालतमा नियुक्त दिन चाहेका थिएनन् । तर मन्त्रीभन्दा सचिव जब्बर भएपछि कस्को के जोर चल्ने रु सचिवस्तरीय निर्णय गरी क्याबिनेटमा उनको नाम पुग्यो र उनी औद्योगिक क्षेत्रको अध्यक्ष बने । यसअघि त्यहीँका महाप्रबन्धक थिए । एकातिर महेश बस्नेत र अर्कोतिर उद्योग सचिव यामकुमारी खतिवडाको आशिर्वाद पाएका नन्दकिशोर बस्नेतको त्यहाँ आतंक नै मच्चिएको छ । सर्वोच्च अदालतबाट मुद्धा मामिला जितेर पुनः त्यही फर्किएका सुवास सिटौला र उनको जुँगाको लडाई यसअघि कस्तोसम्म देखिन थाल्यो भने अध्यक्ष नन्दकिशोरले महाप्रवन्धक सुवास सिटौलालाई गलहत्याउने, महाप्रवन्धकले अध्यक्ष हटाउने । चिठी नै काटेर अध्यक्षले महाप्रवन्धकको पत्र जुहारीको घटना सेलाउन नपाउँदै आइतबार त्यहाँ त्यस्तै अर्को रडाको मच्चियो । नन्दकिशोरले महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा ताला ठोकिदिए । पिएमदेखि सचिवसम्मलाई सिधै फोन घुमाएर काम लिन सक्ने हैसियत भएका बस्नेतले प्रहरी नै लिएर महाप्रबन्धक सिटौलाको कार्याकक्षमा पुगेर ताला ठोकिदिएपछि सर्वोच्चबाट मुद्धा जितेर फर्किएको भनेर मात्र के गर्नु रु अध्यक्ष बस्नेतका अघि निरिह दरिए सिटौला । माओवादी पृष्ठभूमिका सिटौला उद्योग मन्त्रालय पुगेर मन्त्री लेखराज भट्टसँग रुवाइ कराइ गरे । मन्त्री भट्टले तत्कालै अध्यक्ष नन्दकिशोरलाई ताला खोल्न निर्दैेशन दिए । तर जब्बर बस्नेतले मन्त्रीको निर्देशन पनि लत्याइदिए । स्मरणरहोस्, महाप्रवन्धक सिटौला सर्वोच्च अदालतको आदेशका आधारमा अर्थमन्त्रालयको सिफारिसमा महाप्रबन्धक तोकिएका थिए । अध्यक्ष बस्नेतले त्यहाँ रहँदा पदको दुरुपयोग गरी करोडौँ रकम अनियमितता गरेको उजुरी अख्तियारमा पुगेको छ तर वालुवाटारको जग्गा प्रकरणको काण्ड त त्यसै सेलाएको अख्तियारले सत्तासँगै जोडिएका बस्नेतको उजुरी उपर छानबिन गर्ला भन्ने विश्वाश गरिहाल्ने आधार छैन ।
