दोलखामा अग्रता बढाउँदै एमाले

राजनीति समाचार

दोलखा। दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता बढाउँदै लगेका छन् ।

शिवाकोटीले १७ हजार ३११ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १५ हजार ३१४ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २४४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *