दोलखाको निर्वाचनमा अपराध देखेर लाजपनि शरम मान्यो होला

समाचार

पटकपटकको राजनीतिक परिवर्तन पछि नेपालमागणतन्त्र स्थापनाभएको हो । गणतान्त्रीकमुलुकमालोकतान्त्रीकमुलुकको संविधानवने पछि दोस्रो पटकआवधिकनिर्वाचनमार्ग ४ माभएको छ ।दोलखाजिल्लाका केहीमतदान केन्द्रमाभएकाघटनाहरु सामाजिक सञ्जालमाछरिए । तीश्रव्यदृश्य सामाग्रीमा हेर्दा लाजपनि शरम मान्ने अवस्था देखिन्छ । त्यहाँमानविय संवेदनशिलताको पटक्कै ख्याल गरेको पाइन्न । एक जनाभुषतिग्रेले आफनो आमाभन्दामाथी उमेर भएकी नारीलाइ धरपकड गरेको हुत्याएकोमात्रै घोक्र्याएको दृश्य देख्न सकिन्छ । त्यस दृश्यमा २ जनामहिलाछन् वाँकी सवै पुरुष देखिन्छन् । एकजनाले हातपातगर्दछ वाँकी पुरुषहरु मुकदर्शक देखिन्छन् ।
मतपेटिकाफुटेर भुइभर स्वस्तीकछापलगाएको मतपत्रछरिएको दृश्य देखिन्छ । छरिएका मत पत्रकेहीमान्छे सँगाल्दैछन् । त्यस पछिपोको पारेर फुटेको मतपेटीकावाँधेर हाले रे भन्ने सुनिएको छ । अनीमुचुल्कावन्यो रे, मतदाताले भुलबस मतपेटिकामाखुट्टाले टेकेकोहुँदाफुटेको भनेर । कतिपयमतपेटिकामा त पानी समेत परेको छ रे ।
एक दृश्यमा देख्न पाइन्छ, एक जनाले कोठाभीत्र पसेर भटाभट मत पत्रमा स्वस्तीकछापलगाएको । एक वुक मत पत्रलिएको छ, सवैमा एकै जनाले छापलगाएको देखिन्छ । विपक्षीपार्टीका कार्यकर्ता लखेटीलखेटीहोहल्ला गरेको दृश्य त सामान्य नैं हुने भयो ।
९८ प्रतिशत मत खस्न संभव छ ?
अहिले सामाजिक सञ्जालमाभिडियो क्लीपछरिएर पोष्ट भैरहेका छन् । यसको पृष्ठभूमिमा रहेर मत कतिखसाइलियो भन्ने तथ्यलाई हेरौं ।
दोलखाजिल्लाकाझण्डै आधादर्जन मतदान केन्द्रमा ९० प्रतिशतभन्दावढि मत खसेको निर्वाचनआयोगको आंकडामा देखिन्छ ।
कालिञ्चोकगाउँपालिकावडा नं. १ मा रहेको दुईवाटवुथको हिसाव हेर्ने हो ८६ प्रतिशत मत खसेको निर्वाचनआयोगको डाटावाट देखिन्छ । त्यसै गरी कालिञ्चोक १ मा रहेको क वुथको मात्र हेर्दा ९५.२९ मत हालेको भेटिन्छ । यो संभव छ ?
त्यसै गरी शैलुङगाउँपालिकावडा नं. २ भुषाफेदामा ९० प्रतिशतभन्दावढि मत खसेको देखिन्छ । यस मतदानकेन्द्रमा २३५३ मतदाता रहेकोमा २१३७ मत खसेको आंकडानिर्वाचनआयोगमा भेटिन्छ ।
तामाकोशीगाउँपालिकावार्ड नं. ३ जफे हेल्थपोष्टमतदान केन्द्र क र ख माभएको मतदानको आँकडा हेर्ने हो भने अचम्मै लाग्दो छ । ९७प्रतिशतभन्दावढि मत खसेको आंकडानिर्वाचनआयोगले उपलव्ध गराएको खसेको मतसंख्या रिपोर्टमा देखिन्छ । तामाकोशीगाउँपालिकावडा नं. ३ मा रहेको हेल्थपोष्टभवन ख वाट ९७.७१ प्रतिशत मत खसेको देखिन्छ । त्यसै गरी वैत्येश्वर वडा नं. ३ कालिढुँगामाद्यमिकविद्यालयको ग वुथवाट ९२.९० प्रतिशत सोहीको क वाट ९४.४७प्रतिशत मत खसेको देखिन्छ । शैलुङगाउँपालिकावडा नं. २ भुषाफेदा ख र ग बाटक्रमसः ९३.११ र ९२.९९ प्रतिशत मत खसेको हिसाव देखिन्छ । के यो संभव छ ?
७० प्रतिशतभन्दावढि मत खसेको आंकडा देखिएमात्यहाँनागरिकले मतहाल्नपाएका छैनन् भनेर वुझ्दा कुनै गल्तीहुँदैन । यीतथ्यवाटनागरिकले मत हाल्नपाएनन् वाआएकानागरिकले मत हाले अनीपछिवाँकी सवै अरुले नैं हालिदिएभन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा मृत्यू भएका र विदेशमा रहेका समेतको मत पक्कै खसाइएको हुनु पर्दछ ।
२० प्रतिशतमात्रै मत खस्यो किन?
निर्वाचनआयोग, निर्वाचनमूख्यनिर्वाचनअधिकृतको कार्यालय दोलखाले उपलव्ध गराएको डाटालाई आधार मान्दाजिल्ला भर कुल ५३.७२ प्रतिशत मत खसेको देखिन्छ । वैत्येश्वर गाउँपालिकावडा नं. २ जनज्योतीमाविमतदान केन्द्रमा २९ प्रतिशतमात्रै मत खसेको देखिन्छ ।सोही स्थानको ‘ख’वुथबाटजम्मा २० प्रतिशतमात्र मत खसेको देखिन्छ । यस ख वुथमा ९८२ मतदाता रहेकोमा १०२ पुरुष र १०१ महिलाले मात्र मत खसालेको आंकडा छ । त्यहाँनियतबस नागरिकलाई भोट खसाल्नदिइएनभन्ने कुरा आएको छ ।यहाँ सामान्यअवस्थामा मत खसाल्नपाएकावुथहरुमा ५० प्रतिशतको हाराहारीमा मत खसेको आंकडाले देखाउँछ ।
माथिउल्लेख गरेका निर्वाचन अपराधकाप्रतिनिधिमूलकघटनाहरुले लाजपनि शरम मानेको होलाभन्ने अथ्र्याउन सकिन्छ । यीघटनाकायथेष्टप्रमाणहरु सहितनिर्वाचनमाउजुरी गर्दा एक छानविनटोलीवन्यो । र छानविनभयो ।निर्वाचनआयोगले वैत्येश्वरका ३ स्थल र तामाकोशी १ स्थलमापुनमतदान गर्ने निर्णय ग¥यो । मार्ग १५ गते ४ स्थानमापुननिर्वाचनभयो । एक दर्जन भन्दावढि स्थानमानिर्वाचनको अपराधकापनि पराकाष्ठकाकामहरु भए तर ४ स्थानमामात्रपुननिर्वाच भयो ।

दोलखाजिल्लाको सदरमुकामभएको वडा नं. ३ र ६ हो । यस क्षेत्रवजार क्षेत्र हो । त्यसै गरी नेकपाएमालेका प्रदेश सभाको उम्मेदवार भएको वडापनि ६ हो । यस अर्थले त्यहाँ धेरै मत खस्नु पर्ने हो । तर हिसावगर्दा वडा नं. ६ मा रहेको मतदान केन्द्रमा ५७प्रतिशतमात्र मत खसेको पाइन्छ । अव दूर दराजमा रहेकामतदान केन्द्रमाझन्डै सतप्रतिशत मत खस्न आश्चर्यजनक कुरा हो । यस्ता असंभव कुरालाई मान्ने हो भने लोकतन्त्र र जनमतभन्ने हावादारी गफहुन् भन्ने आमवुझाइहुन सक्छ । निर्वाचनआयोग जस्तो संवैधानिकनिकायले यो पटक कोसिश गर्ने हो भने यसको अनैतिक र अपराधिककामवन्दहुन सक्छनत्र सधैं यो संस्थागतहुन सक्ने देखिन्छ । आशा छ, निर्वाचनआयोगले यो परम्परालाई तोड्ने छ । जनमतको उच्च कदर गर्ने छ ।अतीथोरै र अति धेरै मत खसेकोे भनिएको मतदान केन्द्रकावारेमा अनुसन्धान गरी जिम्मेवारहरुलाई कारवाही गर्ने वातावरणतयार गर्नु पर्दछ ।
यो पटकनिर्वाचनआयोगले कम्तीमापनि ८० प्रतिशतभन्दावढि मत झरेका भनिएकामतदान केन्द्रमापुनःमतदान गराउने साहसिकनिर्णय गर्ने हो भने ‘वुथक्याप्चर’ भन्ने अपराधिकशव्दावली सुन्नु पर्ने थिएनकी?अहिलेको निर्वाचनमा दोलखमा जन विनास भएन । २०७९ का निर्वाचनवाहेक हरेक निर्वाचनमामानवियक्षति समेत भएको सुन्नु पर्दथ्यो । यसपटकत्यो भएन ।
८० प्रतिशतभन्दावढि मत खस्ने मतदान केन्द्रवाटमतदानअधिकृतले यथेष्टप्रमाण सहितको दस्तावेज तयार गर्नु पर्ने नियमवसाउने हो भने मरेका र विदेशमा रहेको मान्छेको मत खस्ने थिएनकी?

Leave a Reply

Your email address will not be published. Required fields are marked *