शक्तिकेन्द्रहरुसँग कनेक्सन भए पछि कालो कर्मलाई कसरी सेतो बनाइराख्न सकिन्छ भन्ने एउटा उदाहरण हेर्न कतै जानु पर्दैन,पछिल्लो समय तीन वटा वाणिज्य बैकहरुको बदमासी हेरे पुग्छ । शक्तिकेन्द्र दायाँ भएकै कारण एनएमबी बैंकका सिइओ सुनिल केसीले उन्मुक्ति पाइरहेका छन् । केसी वैदेशिक मुद्रा सम्बन्धमा राम्रो दख्खल राख्ने सिइओ हुन । उनको गहिरो सम्बन्ध छ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वमबहादुर मिश्रसँग । सिइओ केसी र वमबहादुरको कनेक्सन उनी स्टयाण्डर्ड चार्टड बैंकमा हुँदैदेखि हो भनिन्छ । एनएमबीमा डेपुटी सिइओको रुपमा प्रवेश गर्नु अघि सुनिल स्टाण्डर्ड चार्टर्ड बैंकमा कार्यरत थिए । स्टाण्डर्ड चार्टर्डमा रहँदा लामो समयसम्म त्यहाँको विदेशी मुद्रासम्बन्धी कारोबार हेर्थे । उता नेपाल राष्ट्र बैंकमा कार्यरत मिश्र डेपुटी बन्नुअघि उनी विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख थिए । सुनिल विदेशी मुद्रासम्बन्धी कारोबार हेर्ने र वमबहादुर विदेशी विनियम व्यवस्थापन विभाग हेर्ने हुँदा उनीहरुबीचको सम्बन्ध र उठबस सोही समयदेखि रहेको र अहिले पनि त्यही सम्बन्धलाई प्रयोग गरेर सुनिलले एक पछाडि अर्काे बदमासी गर्दै आएको वालुवाटार स्रोतले जनाएको छ ।
सुनिल आफूलाई वैदेशिक विनियम कारोबारमा दख्खल राख्ने व्यक्तिको रुपमा आफूलाई परिचय दिने गर्दै आएका छन् । हिजोको त्यही ज्ञानको दुरुपयोग गर्दैै उनले बैंकले डलरको दर दुईथरी तोक्दै खुलेआम सर्वसाधरण फसाउँदै आएका छन् । हात्तीको देखाउने र चपाउने दाँत फरक भएझैं एनएनबी बैंकको समेत देखाउने र फसाउने दुइ थरी विनिमयदर कायम रहेको र खुलेआम ठगी गरिरहेको वालुवाटरस्थित नेपाल राष्ट्र बैंकले भेउ पाएर पनि केही कारवाही गर्न सकेको छैन । विशेष गरी एनएमबीले विदेशी विनिमयदरको दुईथरी भाउ तोकेर वैदेशिक अध्ययनमा जाने सर्वसाधारण विद्यार्थीहरुसँग लाखौं डलर र सोबराबरको करोडौं रूपैयाँ अपचलन गर्दै आएको नेपाल राष्ट्र बैंकका टाउकाहरुलाई जानकारी नभएको होइन तर शक्तिकेन्द्र दायाँबायाँ भएका कारण सुनिलमाथि कुनै पनि एक्सन नभएको राष्ट्र बैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकसँगको यही कनेक्सनका कारण सुनिलका अरु बदमासीमा समेत नेपाल राष्ट्र बैंकले कुनै कारवाही गर्न सकेको छैन ।एनएमबीले आर्थिक वर्ष २०७७÷२०७८ मा उत्पादनशिल÷तोकिदिएका क्षेत्रमा गरेको कर्जा लगानीको विवरण राष्ट्र बैंकमा बुझाउँदा फर्जी विवरण बुझाएको विवरण नै फेला परेको छ । बैंकले कर्जा स्वीकृत नै नगरेर कर्जा स्वीकृत गरेको भनि नियमक निकायलाई समेत पंगु बनाइएको भेटिएको छ । ०७७ मंसिर मसान्तसम्म साना, घरेलु तथा मझौला उद्योग क्षेत्रमा बैंकले जम्मा रु. ३००३.८१ (रु. दश लाखमा) मात्र कर्जा प्रवाह गरेको थियो । सो कर्जा पुष मसान्तसम्म आईपुग्दा बढेर रु. १३७१०.१४ (रु. दश लाखमा) पुगेको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ । कुनै बैंकले एक महिनामै करिब १०७०६.३३ (रु. दश लाखमा) ले कर्जा प्रवाह गर्न सक्छ ? अनि नेपाल राष्ट्र बैंकजस्तो नियामक निकायको काम बैंकले जस्तो विवरण पठायो त्यही प्रकाशन गर्ने हो कि त्यस्को सुपरीवेक्षण गर्ने हो ?
यस्तै शक्तिकेन्द्र लुत्ते र मुकदर्शक हुँदा अर्का दुईवटा बैंकले गम्भीर बदमासी गरेको समेत भेटिएको छ । यस्तो बदमासी गर्ने बैंकहरु हुन प्रभु र कुमारी । यी बैंकले केही अघि नेपाल भित्रिएको कालोधनलाई (जस्लाई नेपाल राष्ट्रैंकले शंकास्पद् भनेको छ ) फुकुवा गरिदिएको भेटिएको छ । स्रोत नखुलेका कारण अमेरिकाबाट नेपाल भित्रिएको अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पदरूपमा भित्र्याउन खोजेको ४० करोड रुपैयाँमा हो बैंकले यस्तो बदमासी गरेको हो । नेपाल राष्ट्रैंकले रोक्का राख्न गरेको सर्कुलर बमोजिम उनको कालोधनलाई यी दुई बैंकले रिलिज गरिदिएको प्रकरण बारे नेपाल राष्ट्र बैंक जानकार भए पनि यी दुइ बैक उपर केही एक्सन लिन सकेको छैन । बरु वालुवाटारका शक्तिकेन्द्रलाई मनाउन नसक्दा मेघा बैंकलाई भने तीन महिनाको बीचमा तीन वटा कारवाही गरेको छ नेपाल राष्ट्र बैंकले ।