अब विनोद चौधरीले संसद्मा कस्तो भूमिका खेल्छन् ?

समाचार

काठमाडौं । गत संघ र प्रदेश निर्वाचन सम्पन्न भइसकेपछि नयाँ सरकार कहिले र कसको नेतृत्वमा बन्छ भन्ने कुरा अहिलेसम्म यकिन छैन । तर, अधिकांश नेपाली जनता भने महंगीको मारमा पिल्सिइरहेका छन् । राजनीतिक दलका नेताहरु यतिखेर चुनावी हिसाब किताबमा व्यस्छन् । उता अधिकांश व्यापार व्यवसाय गर्नेहरुले संघ र प्रदेश निर्वाचनमा ठूलै संख्यामा जित हासिल गरेका छन् । व्यापारीहरु भने ‘धमिलो पार्टीमा माछा’ मारिराखेका छन् । उता व्यापारीहरुले चुनाव जितिरहँदा त्यसको आडमा कालाबजारीहरु सलबलाउन थालेका छन् । कतिपय व्यापारीहरुले भन्ने गरेका नेपालमा उद्योग धन्दा सञ्चालन गरेर पनि फाइदा नभएको र युक्रेन र रुसको लडार्इंले गर्दा कतिपय सामानको बजारमा अभाव भएको भन्दै बजार मूल्या आफूखुसी बढाएका छन् । यसैगरी स–साना खुद्रा ब्यापारीहरुले पनि आफूसुखी मूल्य बृद्धि गरेका छन् । यसरी मुल्य बढ्नुको कारण के हो ? भनेर उपभोक्ताले सोधिहाले भनेपनि चुनावमा सबै नेतालाई पैसा दिनुप¥यो, सामान आएको छैन, डिजेल, पेट्रोलको भाउ पनि बढेको छ । कर पनि बढिराखेको छ त्यसैकारण सामानको भाउ बढेको हो । अहिले सामान पनि छैन । हामीले बढाएको होइन, उतैबाट बढेर आएको छ भन्ने बहाना पारेर उपभोक्ता ठग्ने काम गरिराखेका छन् । उता उद्योगीहरुले विभिन्न सामानमा तौल घटाएर मूल्य बृद्धि गर्दै आएका छन् । त्यसको दरिलो उदाहरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवनिर्वाचित सांसद तथा उद्योगी विनोद चौधरी रहेका छन् । उनीद्वारा उत्पादित ‘वाइवाइ’ चाउचाउको १०० ग्रामको प्याकेटलाई ७५ ग्राममा झारिएको छ, सो मूल्य भने रु. २० बाट बढाएर रु २५ बनाइएको छ । यसैगरी ७५ ग्रामको चाउचाउलाई रु. १५ बाट बढाएर रु. २० पु¥याइएको छ । चौधरी ग्रुपबाट उत्पादित अन्य सामानको पनि परिणाम घटाइ मूल्य बढाएर चुनाव खर्च उठाउँदै जनता ठग्ने काम गरिरहेका छन् । तर, विनोद चौधरी प्रत्यक्ष तर्पmबाट सांसदमा निर्वाचित भएका छन् । अब उनले जनप्रतिनिधि भएर चुनावमा भनेजस्तै देश र जनताको भलाइको लागि काम गर्छन् कि उद्योगी व्यवसायीको गठी धन्दालाई साथ दिन्छन् त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *