कृष्चियन धर्म प्रचारक चौथो दलमा दर्ज

समाचार

काठमाडौं । गत वैशाख ३० गते सम्मपन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि अन्य तत्कालीन मेयरहरुले काठमाडौं महानगरलाई हराभरा बनाउन नसकेको आरोप लाग्दै आएपछि स्वतन्त्रको नाममा एउटा झटारो प्रहार गरेका बालेन शाहले “कहीं नभएको जात्रा हाँडी गाउँमा” भनेजस्तै बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यसैको सिको लिएर सञ्चारकर्मी रवि लामिछानेले ‘लागे लाग्छ मोहनी नलागे घरमै छ बुढी’ भन्ने उत्तिलाई चारितार्थ गर्दै स्वतन्त्र नामक पार्टी दर्ता गरी घण्टी चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए । नभन्दै उनले सोचेजस्तै राजनीतिक दलबाट वाक्क, दिक्क भएका जनताले ‘चिन्नु न जान्नु घचेढी माग्नु’ भनेजस्तै हचुवामा नेपाली जनताले रवि लामिछानेलाई चुनाव जिताएर नेपालको राजनीतिक दलमध्ये देशकै चौथो दल बन्न सफल बनाए । तर, नेपाली जनताले जानीनजानी घण्टीमा भोट दिएर मदान गरेर संसद भवनमा रविलाई छिराएका छन् । पार्टी दर्ता गरेको ६ महिना पनि नबित्दै सञ्चारकर्मी रविले अन्दाधुन्द रुपमा चुनाव लडेर कसरी यति धेरै जनमत बटुल्न सफल भए भन्ने कुरा रहस्यमय नै रहेको छ । स्मरण रहोस् रवि छामिछाने नेपालमा कृष्चियन धर्म प्रचारकको रुपमा रहेको बताइन्छ । उनी अमेरिकाबाट नेपाल आएर सञ्चारक्षेत्रमा छाउनुपनि कृष्चियन धर्म प्रचारक भएको र नेपालमा कृष्चियनको संख्या बढ्दै गएको बताइन्छ । यसैगरी अधिकांश नेपाली युवायुवतीहरु रोजीराटी र अध्ययनका लागि विदेश पलायन हुने संख्या दिनप्रतिदिन बढ्दो छ । अधिकांश विदेसिने युवा युवतीले विदेशमा गएर काम ठाउँबाट घरपरिवारलाई फोन गरेर घण्टीमा भोट दिन दबाब र आग्रह गरेका थिए । किन कि ती युवायुवतीहरुले विभिन्न देशमा बसेर आफ्नो रोजीरोटीको जोहो र उच्च शिक्षा अध्ययन गर्दा लाग्ने खर्च परिपूर्ति गर्नलाई उनीहरुले काम गर्ने गरेका छन् । उनीहरुले काम गर्ने ती विदेशी कम्पनीहरुले काम दिएबापत नेपालमा कृष्चियन धर्म बढाउन दबाब दिने र कृष्चियन धर्म प्रचारमा लाग्नेहरुलाई चुनावमा विजयी गराउन आग्रह गरिरहेका थिए । यसैको परिणाम स्वरुप घण्टीले राम्रो विजय हासिल गरी मूलधारको राजनीतिमा चौथो स्थान ओगट्न सफल भएको छ । यसको साथै अधिकांश राजनीतिक दलका नेताहरुले पनि एनजिओ, आइएनजिओको नाममा खोलिएका विभिन्न संघ, संस्थाबाट पनि कृष्चियन धर्म निकटलाई समानुपातिकमा मत दिएर विजयी गराउन समेत उर्दी जारी गरिएको समाचार स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *