वामदेवको रहर पुरा होला ?

समाचार

काठमाडौं । कम्युनिष्ट एकताको हावा फेरी चलेको छ । वामदेव गौतमको राष्ट्रिय एकता अभियान कतै पनि विश्वासमा नपर्दा रस निचरेको कागतीजस्तै बनेको थियो । त्यो समूहले कतै ठाउँ पाएन । संगठन गर्ने हैसियत त्यहाँ पनि थिएन । केशवलाल श्रेष्ठ बासु शाक्यहरु एमालेमै छँदा बद्नाम थिए । डिबीकाको जस्ता बद्नाम त्यहीँ छन् ।
अहिले चुनावमा हारेपछि फेरी वाम एकताको रोइलो गाउँदैछन् । एकतासँग जोडिएको सत्ता स्वार्थ नै आजको वाम राजनीति घुमेको छ । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्नका लागि वाम गठबन्धनको जालो फालेका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई पदको लोभ देखाउँदा फुर्किन्छन् र कांग्रेसको गठबन्धन तोडछन् । प्रचण्ड अस्थीर पात्र हुन् भन्ने एमाले अध्यक्षको मूल्यांकन छ । वामदेव उस्तै हुन् ।
प्रचण्डले पहिलो एकतामै गल्ती गरेको कारण यसपटक ओलीको राति गई हाल्ने अवस्था भने छैन । दिनानाथ शर्माजस्ता भ्रष्टले २२ महिना शिक्षामन्त्री बन्दा मसाल छाडेर माओवादीमा लागेको साँवा र ब्याज उठाएका छन् । दिनानाथले आफ्नो मात्र होइन, छोरी ज्वाईंलाई पनि समेत करोडपति बनाएका छन् ।
भ्रष्ट र तस्करले थला परेको नेकपा एमालेकै बाटोमा लागेको माओवादीलाई केपी ओली नेतृत्वमा आएपछि खुलमखुला भ्रष्टाचारी दलको रुपमा परिचित गराएकाले वाम गठबन्धनरुपी मायाजालमा फस्ने सम्भावना कम देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *