कर्मचारी संगठनका नेताहरुको रुवावासी

राजनीति समाचार

काठमाडौं । गत स्थानीय चुनाव सम्पन्न भएको करिब आठ महिना भइसकेको छ । कतिपय स्थानीय निकायमा जनप्रतिनिधिहरु र कर्मचारीको समन्वयकारी हुन नसक्दा कतिपय कामहरु अलपत्र पर्ने गरेका छन् । स्थानीय तहमा स्थायी कर्मचारी नभएर काम चलाउको भरमा स्थानीय सरकार चल्ने गरेको छ । किनकी कतिपय गाउँपालिकामा आफूले भने जस्तो र खोजेजस्तो कर्मचारी स्थानीय जनप्रतिनिधिहरुले पाउन सकेका छैनन् ।

संघीय निजामती ऐन ल्याएर जारी नगर्दा यो अवस्था आएको हो । कतिपय स्थानीय निकायमा बजेट ल्याउन नसकेर कर्मचारीहरुले तलब समेत खान पाएका छैनन् । महानगरपालिकाहरुले नगरसभा र सम्मेलनसमेत गर्न सकेका छैनन् । यस्तै कारणले गर्दा कतिपय स्थानीय निकायमा विकासको काम अलपत्र पर्ने गरेको देखिन्छ । यहीं मेसोमा गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचन सम्पन्न भएपछि संघ र प्रदेशको सरकार बनाउने खेलोफड्को हुदैछ । तर, संघ र प्रदेशमा पनि कर्मचारीको र जनप्रतिनिधिहरुको समन्वयकारी भूमिका खेल्नसक्ने अवस्था छैन ।

कतिपय प्रदेशमा सरकार बनेपछि आफ्नो फेबरको कर्मचारी ल्याउन मन्त्रीहरु लागीपर्ने गर्छन् । यस्तै संघमा पनि राजनीतिक पार्टी समर्थक कर्मचारीहरु सरुवा–बडुवा गर्न लभिङ सुरु हुने भएको छ । कतिपय मालदार ठाउँमा जानलाई कर्मचारीहरुले भने खुट्टा उचालिरहेका छन् । अहिले संघ र प्रदेश निर्वाचनमा राजनीतिक दल समर्थक नजिक रहेका कर्मचारी र नेताबीचको समन्वयकारी टुटेको छ । कतिपय जित्नुपर्ने नेताहरुले संघ र प्रदेश निर्वाचनमा हार खाएपछि अहिले कतिपय दलनिकट कर्मचारीहरुको सिंहदरबारभित्र रुवाबासी चल्न थालेको छ । कतिपय कर्मचारीहरु खुसीले गदगद भएका छन् ।

यसैको सेरोफेरोमा कतिपय राजनीतिक दलनिकटका संघ संगठनका नेताहरु यतिखेर तिलमिलाउन थालेका छन् । नेता नजिक कर्मचारी संगठनभित्र रहेका कतिपय कर्मचारीहरुले आफ्नो नेता हारेको कारण मन दुखाइराखेका छन् । भने कतिपय कर्मचारी संगठनभित्र आफन नेताहरुले चुनाव जितेको कारण खुसी पनि मनाइरहेका छन् । यसले के देखाउँछ भने अधिकांश राजनीतिक दलभित्र एकआपसमा मनमुटाव हुन थालेको छ भने कतिपय कर्मचारी संगठनभित्र पनि नेता हारेको कारण पनि मनमुटाव सुरु हुन थालेको छ ।

कतिपय कर्मचारीहरु कमाउ अड्डामा जान नपाइने र रोजे र खोजेको ठाउँमा जानको लागि यतिखेर समस्या पर्ने देखिन्छ । राजनीतिक दल संगठनभित्रका नेताहरुले संघ र प्रदेश निर्वाचनमा हाम्रो पार्टीले अत्याधिक बहुमत ल्याउँछ भनेर गफ चुट्ने र देश भ्रमणमा हिड्ने कर्मचारी संगठनका नेताहरु कुन दुलोमा पसेका छन् भन्ने थाहाछैन । किनकी ती कर्मचारीले भनेअुनसार कुनैपनि राजनीतिक दलहरुले बहुमत ल्याउन सकेनन् । बहुमत ल्याउन नसकेपछि ती कर्मचरीहरु अहिले नुन खाएको कुखुरा झै झोक्राउन थालेका छन् । कतिपय कर्मचारी अलमलमा परेका छन् ।

आफ्नो पार्टी जिताउन र बहुमत दिलाउनको लागि मरिहत्ते गरेर लागे तापनि आखिरीमा हाता लाग्यो सुन्य जस्तो भएको छ । यसरी आफू निकट पार्टीले बहुमत ल्याउन नसकेपछि समर्थक कर्मचारीहरु नुन खाएको कुखुरा झै झोक्राउन थालेका छन् । नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष गोपाल पोख्रेल, नेपाल कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल, राष्ट्रिय सहकारी एकीकृत समाजवादीका अध्यक्ष मोहन घिमिरे यतिखेर नुन खाएको कुखुरा झै झोक्राएर बसेका छन् । गत मंसिर ४ को संघ र प्रदेश निर्वाचनमा आफूले सोचेभन्दा र पार्टीले दावी गरेको आँकलन अनुसार कम मत आएकाले एकीकृत समाजवादी समर्थक कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे भने पुरपुरोमा हात राखेर बरबराउन थालेका छन् । (तामाकोशी सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *