कता हराए डलरवादी समाज ?

समाचार

काठमाडौं । संघीयता, गणतन्त्र, समावेशीता हाम्रो मुद्दा भन्दै सडकमा आन्दोलन गर्ने, माओवादीका नेताविरुद्ध हेग र अन्तर्राष्ट्रिय अदालतको ध्वाँस दिने डलरको खानी नागरिक अगुवा कता गए ? सरकारले अपराधीलाई कानूनी कठघरामा ल्याएर कारवाही पुरा नगरी रिहा गर्ने तयारी गरिरहँदा बेपत्ता भएका डलरकान्तहरु हराउँदा जनतामा कौतहुलता सुरु भएको छ ।
परिवर्तनको लागि गरिएको आन्दोलनका अपराधलाई शान्ति सम्झौताले माफी दिँदा अनभिज्ञसँग बोल्न नसक्ने कनकमणि दीक्षितको डलरको खेतीमा साथ दिने कांग्रेसका कपिल श्रेष्ठ यो वर्ष मानव अधिकार पुरकारले विभूषित भएका छन् । उनै दीक्षित एमालेका सुशील प्याकुरेल, कांग्रेसका चरण प्रसाईसमेत सरकारले रेशम चौधरी, मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिन ल्याएको फौजदारी कानून संहिता विपरीतको कामप्रति कुनै आवाज ननिकालेर मौन बसेका छन् ।
केपी ओलीले नेत्रविक्रम चन्द, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल गरेकै हुन् । तर अहिले नेकपा एमालेले त्यसको विरोध गरेको छ । माछो देखिँदा दूलो भित्र हात, सर्प देख्दा चारकोस भाग भनेको यस्तै हो । एमाले पार्टीभित्र मानव अधिकारवादी ठेकेदार धेरै छन् । यो विषय माओवादीसँग जोडेर हेगको धम्की दिनेले रौतहतमा जिउँदै मान्छे इटा भट्टामा जलाउने मोहम्मद अफ्ताब आलमको बारेमा दुई वर्षसम्म बोलेका छैनन् ।
अहिले डलरको खेती छैन । त्यही कारणले नागरिक समाज बेपत्ता छ । एमाले र कांग्रेसको मानव अधिकारमा माओवादी मात्र अछुतो छ भन्दै गर्दा सिके राउत, रेशम चौधरी, मोहम्मद अफ्ताब आलम भने प्रजातन्त्रवादी हुन्छन् । त्यही कारण यति बेला डलरमणि दीक्षितहरु बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *