काठमाडौं २ मा पोख्रेल र धर्ती : कसले मार्ला बाजी ?

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर ४ मा हुनगइरहेको संघ र प्रदेश निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आ–आफ्ना एजेन्डा र प्रतिवद्धता लिएर जनतामाझ पुग्न थालेका छन् । राजनीति दलका उम्मेदवारहरुले पार्टीको घोषणा–पत्रसँगै आफ्नो प्रतिवद्धता सञ्चारमाध्यममार्पmत जाहेर गरेका छन् । उता समाजसेवा, स्वतन्त्र र अन्य क्षेत्रबाट आएका उम्मेदवारले पाँच वर्षमा आफू गर्ने विकास निर्माणको खाकासहितको एजेन्डा र प्रतिवद्धता जाहेर गरेका छन् ।

यसरी उम्मेदवारहरुले जनतासमक्ष जाहेरिने एजेन्डा र प्रतिवद्धताहरु टिपिकल राजनीतिक पार्टीका भन्दा समाजसेवालगायत अन्य क्षेत्रबाट उम्मेदवार बनेकाको आकर्षक देखिन्छ । आफ्नो चुनावी एजेन्डासहित निर्वाचन क्षेत्र पुगेका उम्मेदवारहरुले जनचाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।

त्यसैमेसोमा काठमाडौं २ मा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी ओनसरी घर्तीले आफ्नो घोषणापत्र र प्रतिवद्धता अनुसार काम गर्न नसके ६ महिनामा पदबाट राजीनामा दिने सञ्चारमाध्यम मार्पmत उद्घोष गरेकी छन् । उता काठमाडौं क्षेत्र नं. २ मै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी स्थानीय युवा नेतृ कुन्ती पोखरेलले भने आफूले प्रतिवद्धता गरेको काम ६ महिनामा गरेर देखाउने तर हारेर नभाग्ने जिकिर गरेकी छन् ।

पोखरेलले पाँच वर्षभित्र यो क्षेत्रमा जनताले अनुभूति गर्ने गरी केही न केही नयाँ परिवर्तन ल्याएरै छाड्ने ठोकुवा गरेकी हुन् । म यो क्षेत्रको भूगोल र जनताका आवश्यकतासँग राम्रो रुझान राख्ने व्यक्ति भएकाले पनि प्रतिवद्धता अनुसार काम गरेर देखाउँछु,’ पोखरेलले सामाजिक सञ्जालमार्पmत भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *