कांग्रेस पार्टीभित्र सिटौला गुट पत्तासाफ

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसभित्र विगत लामो समयदेखि गुटउपगुटले चरम रुप लिइरहँदा गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा टिकटको विषयलाई लिएर व्यापक रुपमा असन्तुष्टि छाएको थियो । त्यसैबीचमा कांग्रेसभित्र देखासी तीन गुट हावी थियो । त्यसमा डा. शेखर कोइरालाको गुट एउटा, पार्टी सभापति शेरबहादुर देउवाको अर्को गुट त्यसैगरी विगत लामो समयदेखि दक्षिणतिरको भनेर आरोपित कृष्णप्रसाद सिटौलाको एउटा गुट प्रष्ट देखिएको थियो ।

त्यसैमेसोमा गत संघ र प्रदेश निर्वाचनमा कृष्ण सिटौला गुटलाई दुई गुटले पाखा लगाएका छन् । किन कि कृष्ण सिटौलालाई वचनले टाढा नपारेपनि उनीको खेमालाई टिकट दिएर निर्वाचनमा भिडाएर शेखर गुट र देउवा गुटले कृष्ण सिटौलाको गुटलाई कुनै पनि स्थान नदिने गरी पराजित गरेका छन् ।

यतिखेर नेपाली कांग्रेसभित्र सिटौला गुट नराम्रोसँग पराजित भएपछि दक्षिणतिरकै लाइनमा रहेका विमलेन्द्र निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक सांसद बनाएका छन् । दक्षिणतिरको दुई खेमा भनेर आरोप लगाइएका कृष्ण सिटौला र विमलेन्द्र निधिबीचको लडाइले सिटौला गुट पत्तासाफ भएको छ । विमलेन्द्र निधिको भने विस्तारै उदय हुने भएको छ ।

यसरी कांग्रेस पार्टीभित्र पनि दक्षिण र पश्चिमाहरुको लडाइ सुरु भएको बताइन्छ । यो लडाइँले आगामी सरकारको रुपरेखा कस्तो बन्ने छ भन्ने कुरा अहिलेसम्म जानकारी भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *