सर्वोच्चमा न्यायाधीशको पद रिक्त कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । न्यायालयभित्र अधिकांश सर्वसाधारणले न्याय नपाएर अलमलिइरहेको बेलामा प्रधान न्यायाधीश हरिकृष्ण कार्की भने गुमनाम जस्तै देखिएका छन् । प्रधान न्यायाधीश कार्की आगामी साउन २० बाट अवकाश पाउँदै छन् । कार्कीले अवकास हुनुभन्दा एक महिना अगाडिदेखि विदा बस्नुपर्ने प्रावधान थियो ।

तर, प्रधान न्यायाधीश कार्की अहिलेसम्म विवाद बसेका छैनन् । कार्कीले पदबाट अवकास हुन लाग्दासमेत न्यायालयमा आफ्नो कार्यकालमा कार्यकौशल देखाउन सकेका छैनन् । आउँदा दिनमा प्रधान न्यायाधीश को भन्ने पनि अहिलेसम्म एकिन भइसकेको छैन । पहिला प्रधान न्यायाधीशले आफू अवकास हुनुभन्दा एक महिना अगाडि विदा बसेर प्रधान न्यायाधीश बन्ने लाइनका व्यक्तिलाई कामु दिने चलन थियो । अहिले त्यो गरिएको छैन । त्यसले पनि केही दिन प्रधान न्यायाधीशको पद रिक्त हुने देखिन्छ ।

अर्कोतिर कांग्रेस र माओवादीबीच भागबन्डामा तानातान हुँदा को न्यायाधीश बन्छ भन्ने पनि एकिन छैन । कांग्रेसले गोपालकृष्ण घिमिरेलाई अगाडि सारेको छ भने माओवादीले डा. दिनमणि पोखरेलर्ला बनाउने चलखेल गरिरहेको छ । अन्य न्यायाधीशहरुको अहिलेसम्म नाम आइसकेको छैन ।

जेष्ठताको हिसाबले विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा पनि प्रधान न्यायाधीश बन्ने लाइनमा छन् । हाल सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त रहेका छन् । त्यस्तै उच्च अदालतमा ५३ जना न्यायाधीशको पद रिक्त रहेको बताइन्छ । श्रम न्यायाधीश, प्रशासकीय न्यायाधीश र विशेष अदालतमा पनि उच्च अदालतकै न्यायाधीश कार्यरत रहने प्रावधान छ । तर, सरकारले यस्ता न्यायाधीशहरु नियुक्ति गर्न अहिलेसम्म सकेको छैन । सरकारले न्यायाधीश नियुक्ति गर्न नसक्दा अधिकांश मुद्दाका फाइलहरु चाङ लागेर थन्किएको अवस्थामा छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *