चर्चित टेलिभिजन प्रस्तोता लामिछानेले अन्तत: छाडे ग्यालेक्सी ४

राजनीति समाचार

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेले ग्यालेक्सी ४ के टेलिभिजन छोडेका छन् । न्युज २४ मा सिधाकुरा जनतासँग सञ्चालन गरेर चर्चामा आएका लामिछानेले आफ्नो पछिल्लो संलग्नता रहेको ग्यालेक्सी ४ के टेलिभिजन औपचारिक रुपमा छोडेका हुन् ।

ग्यालेक्सी टेलिभिजनमा सिधा कुरा नामक कार्यक्रम सञ्चालन गरिरहेका उनले उक्त टेलिभिजन छोडे पनि आज उनको अन्तिम संस्करण प्रसारण हुने बताइएको छ । उनले निर्वाचन मार्फत प्रत्येक्ष राजनीतिमा आउन टेलिभिजन छोडेको बताइएको छ ।

लामिछानेले कुनै एक राजनीतिक दलमा लागेर वा स्वतन्त्र रुपमा चुनाव लड्छन् भन्ने हालसम्म एकिन हुन सकेको छैन ।

उनकी श्रीमती निकिता पौडेल उनीसँग विवाह हुन् भन्दा अगाडि राप्रपाको कोटाबाट चलचित्र विकास बोर्डको अध्यक्ष बनेकाले लामिछानेले सोही पार्टीबाट उम्मेदवारी दिने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । लामिछानेका ससुरा उद्धव पौडेल समेत राप्रपामा भएकोले उनी सोही पार्टीबाट निर्वाचन लड्ने अड्कल काटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *