मन्त्री आलेद्वारा एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि गालिगालौज

राजनीति समाचार

काठमाडौं । मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्। अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुव्र्यव्याहार गरेका सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ ।

यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भए पछि बिबादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन ।

सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजिनामा माग गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *