एमाले पार्टीभित्र संकैसंका

समाचार

काठमाडौं । नेकपा एमालेभित्र यतिखेर गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनको लेखाजोखा हुँदै छ । नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने भनेर व्यापक रुपमा पार्टी अध्यक्ष केपी ओलीले निर्वाचन अगाडि ठूलो ठूलो स्वरमा भाषण ठोके तापनि निर्वाचनको परिणामले दोस्रो स्थानमा खुम्चिन वाध्य बनाएको छ । नेकपा एमालेभित्र संगठनको हिसाबले अग्रणीय भूमिका खेल्ने पार्टीमा गनिन्छ । त्यसमा विद्यार्थी संगठन अनेरास्ववियु, महिला संगठन, युवा संगठन, मजदूर संगठन, सुकुम्बासी आयोग, शिक्षक संगठन, प्रेस चौतारी नेपाल, विभिन्न जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क मञ्च, जिल्ला समन्वय कमिटीलगायतले पार्टीप्रति अग्रणी भूमिका खेल्नुपर्ने थियो । तर, गत संघ र प्रदेश निर्वाचनमा यी संगठनहरुले सक्रिय भूमिका खेलेको पाइँदैन । गत संघ र प्रदेश निर्वाचनमा एमाले दोस्रो हुनु भनेको बेस्ट क्यारेटको आधारमा मात्रै दोस्रो बन्न पुगेको बताइन्छ । अन्य संघ संगठनहरुको भूमिका एमाले पार्टीप्रति न्यून रहेको देखिन्छ । यी संघ, संगठनहरु चलायमान हुन नसक्नुमा पार्टीप्रति वितिष्णा जागेको कारणले हुनुपर्छ । यसपालिकाको निर्वाचनमा त यस्तो अविगत देखिन्छ भने भोलिका दिनमा यी संरचनाहरुलाई एमालेले संगठनलाई परिचालन गरी अगाडि बढाउन सक्छ कि सक्दैन नत्र भने एमालेभित्र पनि आगामी दिनहरुमा कार्यकर्तादेखि भोटरहरु समेत सिला खोज्नुपर्ने देखिन्छ । अहिले एमाले पार्टीभित्र अध्यक्ष केपी ओलीको अगाडि आएर कुनै पनि नेताले सिर ठाडो पारेर हेर्ने अवस्था छैन । यसलाई हेर्दा एमाले पार्टीभित्र पनि दरिलो रुपमा गुटउपगुट चलिरहेको छ । पार्टीभित्र एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको विश्वस्त स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *