आन्दोलनले जनार्दन शर्मालाई हैरान

समाचार

काठमाडौं । माओवादी सत्तामा नहुँदा सँधै आन्दोलन र धम्की दिएर व्यवस्थापनलाई हैरान बनाएका माओवादीका नेता जनार्दन शर्मा माफियाको स्वार्थमा लागेको बेला अटोमोबाइल टोलीले हैरान पारेको अवस्थामा बैंकको ऋण लिएर नेपालमा विदेशी ब्राण्डका गाडी भित्र्याउने व्यवसायीलाई चर्काे ब्याजमा ऋण दिने बैंकको कार्य योजनाविरुद्ध मोटर खरिद विक्रीकर्ताहरु आन्दोलनमा छन् । आफैंले अन्यायविरुद्ध संघर्ष गर्न उचाल्ने माओवादीहरु अहिले हतास भएका छन् ।
क्षमताविहीन नेतालाई अर्थमन्त्री बनाउँदा के हुन्छ, के कस्ता समस्या आउँछन् भन्ने कुरा अहिले माओवादीवले भोग्दैछ । बैंकहरुले ब्याजदर बढाउँदा सरकारले केही गर्न नसक्नुको कारण चुनावमा जर्बजस्त उठाइएको चन्दा नै हो ।
यसपाली राजनीतिक दलहरुले जनताको समस्यालाई ध्यान दिएनन् । चुनाव जितेर गएका दलहरुलाई कालो बजारको कुनै चासो छैन । भ्रष्टाचार जागेको छ । सरकारमा पुगेर पनि माओवादीले यसपटक जनताको लागि केही गरेका छैनन् । अहिले पनि अर्थ मन्त्रालय अन्तर्गत कर र ब्याजको लडाई छ । अर्थ विज्ञहरुका अनुसार मन्त्रीको विषयगत ज्ञान नहुँदा कर्मचारी प्रशासनले सहयोग गरेको छैन ।
त्यसको प्रभाव बैंकिङ क्षेत्रमा दादागिरी बढेको छ । राष्ट्र बैंकका गभर्नरको पक्षमा अर्थमन्त्रीको भावना सफा छैन । गभर्नर महाप्रसाद आफैं गभर्नर भन्दा नेकपा एमाले बन्न पुगे । एमालेको अर्थ समितिमा उनी एमपी अधिकारी बनेर आए । निजामती क्षेत्र, सेना समूह, प्रहरी, शिक्षक, चिकित्सा क्षेत्रमा प्रवेश गराइएको राजनीतिले पार्टीकरण गरेका छन् । बैंकिङ क्षेत्रको लगानी र ऋणीहरुमा पनि रंग छ । त्यहीकारण जनार्दन शर्मा महाप्रसाद अधिकारीको लागि आन्दोलित अटोमोबाइल टोलीलाई आन्दोलन नगर्न जसले भन्यो उसैको क्षमता उदांगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *