सीमा सुरक्षाले सुरु गरे तस्करी धन्दा

समाचार

काठमाडौं । सरकार कस्तो बन्छ, राजनीतिक खाका कस्तो बन्न सक्छ यसैको मौका छोपी सीमा क्षेत्रमा समूहगत तस्करी शुरु भएको छ । सशस्त्र प्रहरीको सीमा कमाण्डमा नेतृत्व लिएका एआईजी चन्द्रप्रकाश गौतमले चलाएको तस्करीकै मेसोमा फेरिएका एआईजी वंशी दाहालले समेत छाडेका छैनन् । एआईजी दाहाल एसएसपी हुँदादेखि नै विवादित व्यक्ति हुन् । संयोगवश दुबैजना झापाली सशस्त्र भित्र गुट बनाउँदैछन् । मुख्यालयले नै एसपी टोबहादुर डाँगीको कमाण्डमा छानबिन तथा अनुगमन टोली पठायो । चुनावको मेलोमेसोमा सशस्त्रका बाहिनीपतिहरुलाई बीओपीहरुमा कडिकडाउ गर्न खोज्दा विवादित र तस्करहरुसँग सम्बन्ध भएका बीओपी कमाण्डरहरु टिकाउने काम भयो । यतिबेला सिपीलाई कार्य विभाग दिएर वंशी दाहाललाई बीओपीको जिम्मा दिइएको छ । तर पनि सीमा क्षेत्रमा सुधार आएको छैन । आईजीपी राजु अर्यालका भक्तहरु प्रदेश तहमा बाहिनीपति भएका छन् । बाराका राजेन्द्र थापा, पर्साका तेज पोखरेल, नवलपरासीका रुपकुमार क्षेत्री केन्द्रमा तानिएका छन् ।
झापा, मोरङ, सुनसरीमा व्यापक मात्रामा चिनी, मल, सुपारी र छोकडाको तस्करी चलेको छ । त्यहाँ कमल गिरी डिआईजी छन् । भोजपुरका गिरीलाई कांग्रेस नेता ज्ञानेन्द्र कार्कीसँग राम्रो सम्बन्ध भएको मानिन्छ । गिरीले बाहिनी कमाण्ड गर्नासाथ भोजपुरीकरण गर्दा पूर्वमा असन्तुष्टी बढेको छ । झापा भन्सारमा त झन् एआईजी वंशी दाहालका भाइ निरन्तर तस्करी धन्दामा छन् । पदीय हैसियतले निरीक्षक भएपनि जिल्लाको कमाण्डलाई दाहालको भाइले गन्दैनन् । सुनसरीमा चर्काे विवाद हुँदा जिल्ला कमाण्ड फेर्नुप¥यो । त्यहाँ तीर्थ पौडेललाई सरुवा गरिएको छ । सशस्त्रले प्रदेश २ को नेतृत्व डीआईजी गणेश ठाडा मगरलाई दिएको छ । ठाडा आईजीपी अर्यालले सो प्रदेशको कमाण्ड गर्दा पनि त्यही प्रदेशमा थिए । उनकै क्षेत्रमा तस्करसँग जोडिएका असई र हवल्दारबिचको द्वन्द्वले यादव थरका असई भारतको सीमा नजिक मारिए । बारा, पर्सा, रौतहट, धनुषा मधेश प्रदेशक विवादमा आउने जिल्ला हुन् ।
लुम्बिनी प्रदेशमा डीआईजी खड्का जिल्लाकै वस्तुस्थिति बुझ्दैछन् । नवलपरासी, भैरहवा र नेपालगंजमा व्यापक तस्करी हुनेमा पर्छन । चिनीको तस्करी नियन्त्रण गरेको दाबी गर्दा काजु छोडा मरिच जस्ता नगदे वस्तु भने भित्रिएकै छ । नेपाल प्रहरीलेसमेत समय अवधि पुगेका अधिकृतहरुको सरुवा गरेको छैन । म्याद पुरा भएका पुनः त्यही ठाउँमा प्रहरी कमाण्डरहरुले नेतृत्व गर्दा व्यापक तस्करी बढेको छ । मधेस प्रदेश, लम्बिनी र सुदुरपश्चिमका डीआईजीहरुले एआईजी बन्न ब्रिफकेश बोकेर कांग्रेस नेताको ढोका ढक्ढक्याउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *