नेपाल मन्दिरै मन्दिरको देश पनि भन्ने गरिन्छ । ति मन्दिर स्थापनाका पृष्ठभूमि र सञ्चालन तौरतरिका हुन सक्छन् । आज भने वुटवल नजिकैको एक मन्दिर सञ्चालनको तरिकावारे चर्चा गर्ने कोशिस गरिएको छ । वुटवल वजारबाट पाल्पा तर्फ जाने सडकलाई सिद्धार्थ राजमार्ग भन्ने गरिन्छ । त्यही राजमार्गको नजिकै सिद्धबाबाको मन्दिर छ । वुटवल वजारबाट केही किलोमिटरमा नैं पर्ने सिद्धबाबा मन्दिरको मूख्य भाग भने पाल्पा जिल्लामा पर्दछ । तर रुपन्देही जिल्ला तर्फ पनि सिद्धबाबाको मन्दिर वनाएको छ । पुरानो मन्दिर चाँही पाल्पा तिर पर्दछ ।
पहरोको फेदमा तिनाउ नदीको किनारमा यो मन्दीर पर्दछ । यहि क्षेत्रमा हाम्रो पुर्खा ‘रामपिथेकस’ को अवशेष पाएको स्थान पनि हो । मन्दिरमा पुग्ने वित्तिकै ‘रामपिथेकस विचरण स्थल सिद्धबाबा क्षेत्रमा स्वागत छ’ भन्ने बोर्ड देख्न पाइन्छ ।
यो स्थान यति जोखिम छ की यो क्षेत्रमा हरेक वर्ष केही मानिसको ज्यान जाने गर्दछ पहिरोको कारणले । यहाँ धेरै वटा गाडीहरुनैं पहिरोले थिचेको रेडर्क छ । त्यसैले सुरक्षित यात्राको लागि यहि स्थानवाट सुरुङ खन्ने काम भरखरै सुरुवात हुँदै रहेछ । जसको कारणले यो मन्दिर सार्नु पर्ने वाध्यता पनि आइलागेको छ ।
अब चर्चा गरौं, मन्दिर व्यवस्थापनको बारेमा । म बसेको थिएँ, वुटवलको एभिन्यू नाम गरेको होटलमा । सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलवहादुर गुरुङ पुरानो चिनजानको हुनुहुन्थ्यो । होटलमा पुग्नासाथ उहाँलाई फोन गरें । सल्लाह भयो, पछिल्लो विहान ७ वजे मन्दिर जाने । दर्शन गर्ने रहर भन्दा पनि त्यहाँको व्यवस्थापनका वारेमा उहाँसँग कुरा गर्ने अनी आफैले अबलोकन गर्ने । केही रोचक कुरा विगतमा सुनेंको थिएँ ।
निशुल्क वस सेवा र पैसा तिरेर पुजारी
मन्दिर विकास समितिले व्यवस्थापन गरेको पहेँलो रंगको बस म वसेको होटल अगाडी आएर रोकियो । त्यो भन्दा केही मिनेट अघि नैं मन्दिर विकास समितिका अध्यक्ष गुरुङले मलाई मिस कल मार्फत जनाउ दिईसक्नु भएको थियो । म सडक किनारमा अघि नैं उभिइसकेको थिएँ । बस चढें । नमस्ते आदान प्रदान भयो । यो बसमा हामी २ जना मात्र यात्रु भयौं । यहि प्रश्न मैले मन्दिर विकास समितिका अध्यक्षसँग गरें । जाडोमा मानिस छिट्टै निस्कँदैनन् । अनी निर्धारित समयमा वस छुट्छ । बस नियमित चलिरहन्छ भन्ने जवाफ पाएँ । समय मिल्ने तिर्थालुहरु चढिरहन्छन् । यो गाडी प्रयोग गरे वापत शुल्क लाग्दैन तर त्यही बसको ढोकाको छेउमा दानपेटिका छ, इच्छा अनुसार दान गर्न सकिन्छ । यो तरिकाबाट गत आर्थिक वर्षमा ५ लाख रकम जम्मा भएको रहेछ ।
मन्दिर पुगियो । मन्दिरको सिढि चढ्यौं । ठाउँ ठाउँमा मन्दिरहरु थिए । त्यहाँ व्राम्हण पहिरनको पहिचान सहित वसेका थिए । त्यस्ता व्राम्हण ८ जना छन् रे । ती व्राम्हण संस्कृत शिक्षा पढेका हुन्छन् अर्थात जो पायो त्यही वाहुन हुँ भनेर यहाँ वस्न पाइन्न । अझ यी व्राम्हणहरुले एक खाल्को परिक्षा नैं दिनु पर्दछ । त्यती मात्र होइन उनीहरुले प्रति महिना ९ हजार रकम मन्दिर विकास समितिलाई वुझाउनु पर्दछ । तर मुल व्राम्हणलाई भने मासिक २१ हजार तलब मन्दिर दिने गरिँदो रहेछ । उनीले चाँही त्यहाँको कुनै भेटि लिन पाइन्न । अन्य ८ जना व्राम्हणले भने मन्दिरलाई शुल्क वुझाउनु पर्ने छ तर उनीहरुले तिर्थालुले दिएको भेटी वा दक्षिणा लिन पाउछन् । मैले यो विशेषता अन्य मन्दिरमा देखेको छैन । तैपनि त्यो शुल्क तिरेर त्यहाँ बस्न तछाडमछाड नैं हुँदो रहेछ । उनीहरुको कमाई राम्रो हुँदो रहेछ भन्नेको एक सूचक हो यो ।
मूल मन्दिरमा दानपेटिका राखिएको छ । हरेक साता यो खोलिन्छ । सिसि क्यामेराको रोहबरमा मन्दिर विकास समिति, पुजारी, पुष्प व्यवसायी र सुरक्षाकर्मीहरुको प्रतिनिधित्वमा दानपेटिक खोलिँदो रहेछ । सातामा सरदरमा १ लाख ५० हजार रकम जम्मा हुने गर्दछ ।
पटक पटक परेवा वेचेर आम्दानी
यस मन्दिरमा प्रसस्तै परेवा देखिन्छ । यीनीहरुलाई ‘चारा’ को व्यवस्थापन मन्दिर विकास समितिले गर्दछ । यहाँ तिर्थालुले रु ३ सय तिरेर एक जोडी परेवा उडाउन पाउँछन् । यो तरिकावाट वार्षिक २५ लाख जती कमाई हुने गर्दछ रे । एक जोडि परेवा कति पटक विक्रि हुन्छन्, छाडिन्छन् भन्ने मेरो प्रश्नमा हामी दुवै जना हाँस्यौं । किनकी यस्को अभिलेख नैं छैन । तरिका गजब लाग्यो ।
मन्दिरको नजिककै फूल वेच्नेहरु वस्दछन् । उनीहरुको एक संगठन बनेको छ । त्यो संगठनको क्षमता विकासमा पनि सिद्धबाबा मन्दिर विकास समितिले काम गर्दो रहेछ । म त्यहाँ हुँदा हुँदै पुष्प व्यवसायीहरु अध्ययन भ्रमण जाने कुरा निधो भयो । मलाई त्यो पनि रोचक लाग्यो । मन्दीर, मुर्ति, पुजारी, तिर्थालु मात्र हैन पुष्प व्यवसायी सहितको ‘मन्दिर परिवार’ हो भन्ने वुझियो ।
मन्दिर विकास समितिको अध्यक्षले उहाँको कार्यकक्षमा लानु भयो । उहाँले ‘सिद्धबाबा’ ले गाँजा खाएर धुँवा उडेको देख्न पाइन्छ भन्नु भयो । अहिले पनि देख्न पाइन्छ ? मेरो प्रश्नमा किन नपाउनु ? भन्ने उत्तर पाएँ । मलाई भित्र बस्न किन मन लाथ्यो र । ‘लौ जाउँ हेरौं’ भन्दै वाहिर दौडिएँ । उहाँ पनि निस्कनु भयो । पहरा तिर हेरें । साँच्चै उहाँले देखाएको ठाउँमा मात्र धुवाँ जस्तै उडेको देखियो । त्यो कुहिरो वा वादल हुन सक्ला तर त्यो स्थानमा मात्र उडेको देखियो । कहाँबाट निस्कन्थ्यो अनी कहाँ हराउँछ अनुमान गर्न सकिन्न । निस्केको अलि पर त्यतीकै हराउँथ्यो । अनौठो नैं लाग्यो ।
यस क्षेत्रका अनेकानेक कथाहरु रहेका छन् । ती वारेमा चर्चा गरेर साध्य पनि छैन । तर एउटा मन्दिरलाई कसरी व्यवस्थापन गर्न सकिंदो रहेछ । यो प्रधान विषय हो । पुजारी सम्वन्धी छुट्टै कार्यविधि वनाएको रहेछ । मूल पुजारीले संस्कृत विषयमा कम्तीमा शास्त्री पढेको हुनु पर्ने अनी अन्य पुजारीहरु उत्तरमध्यमा । त्यो भन्दा पनि रोचक पुजारीले मन्दिरलाई शुल्क वुझाउने चलन देखियो । मन्दिर विकास समितिको मातहतमा नियमित ५ जना अन्य कर्मचारीहरु छन् । उनीहरुको प्रतिव्यक्ति मासिक रु १५ हजार तलव रहेछ । संचय कोष लगायतका सुविधाहरु प्रदान गर्ने चलन संस्थागत भएको रहेछ । आम्दानी र खर्चको पारदर्शि व्यवस्थापन हुने रहेछ ।
छैनत यो मन्दिर व्यवस्थापनको फरकपना ? खास गरी मन्दिरमा पुजारी नियूक्ति गर्ने पद्धती, अनी पुजारीले मन्दिरलाई मासिक रकम वुझाउने पर्ने चलन पृथक देखिन्छ । हामीले सुनिदेखी जानेका मध्ये केही फरक देखिएको छ । सवैमा यस्तै हुनु पर्दछ भन्ने कुरा होइन तर मन्दिरको दिगोपनाको लागि यो पनि एक अभ्यास हुन सक्छ भन्ने कुरा अवश्य हो । धन्यवाद ।