राष्ट्रपतिले दलहरुप्रति फरक व्यवहार

समाचार

काठमाडौं । यसपटक राष्ट्रपतिले ठूला दलहरुको सत्ता स्वार्थको माखे साङ्लो लामो समयसम्म चल्न नदिने गरी सरकार गठन गर्न बहुमत लिएर आउन एक हप्ताको समय दिएर एमाले अध्यक्ष केपी ओलीको एजेण्डालाई कार्यान्वयन गर्न लागेको देखिन्छ । एमाले अध्यक्षले माओवादी र समाजवादीलाई फकाउँदै थिए । तर केपी ओली आफैं प्रधानमन्त्री बन्ने दाउमा छन् ।
कानूनले दिनेभए केपी ओलीले विद्या भण्डारीलाई पुनः तेस्रो पटक पनि राष्ट्रपति बनाउने अवस्थामा थिए । स्वास्थ्य कमजोर भए पनि ओलीको साहस, सत्ता र शक्तिमा दरिलो देखिन्छ । एमालेका प्रमुख नेताहरु ईश्वर र शंकरहरुले चुनाव हारेका छन् । ठूलो दलको हैसियतले सरकार गठनको हकदार नेपाली कांगेसलाई बनाएर आफु पछाडि बसेर साथ दिन केपी ओलीले सक्छन् । किनकि सत्तारुढ दलहरु ६ महिनासम्म सिट बाँडफाँडमा रुमलिएको विगत छ ।
त्यही आलटालले समाजवादी राष्ट्रिय पार्टी हुन सकेन । यसपटक पनि त्यस्तै स्थिति हुने शंका पनि थियो । पावर सेयरिङको विषयमा सत्ता गठबन्धनमा कुरा टुंगिने अवस्था नहोस् भनेर नेकपा एमालेले यो कदम राष्ट्रपतिबाट चालेको बताइन्छ । भण्डारीलाई एमालेभित्र ओली खेमामा लागेको आरोप छ ।
वाम घटकहरुको बिचमा सत्ता र पदमा सहकार्य हुने हो भने कांग्रेस तर्सिन पनि सक्छ । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने भएको छ । आज कांग्रेसले संसदीय दलको नेता चुन्दैछ । सहयात्रीहरुलाई गठबन्धनमा भागवण्डा गर्ने पक्षमा कांग्रेस छैन । एमालेलाई सभामुख दिएर कांग्रेसले प्रदेश सरकारमा पनि आफ्नो सहयात्री बनाउन सक्ने वातावरण बन्दैछ । त्यसको लागि राष्ट्रपतिलाई प्रयोग गरिएको छ । एमाले अध्यक्ष केपी ओलीको दाउ एमाले र नेपाली कांग्रेस मिलेर अरु दलहरुलाई पाखा लगाउने हो कि सरकार बनाउने खेलोमेलो हो यकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *