निजामतीभित्र भ्रष्टाचारको सेटिङ कसले रोक्ने ?

समाचार

काठमाडौं । राष्ट्रसेवक कर्मचारीमाथि लाग्दै आएको आरोप हो,उनीहरुले पाएको र मिलेको खण्डमा कात्रोमा पनि कमिसन खान्छन् ।
त्यही कारण अहिले भनिन् थालेको छ,निजामती वृत्तमा ८० प्रतिशत कर्मचारी खराब र घुस्याहा छन्,२० प्रतिशतमात्र राम्रा । अहिले त्यस्तै खराब कर्मचारीको बोलबोला छ । तलदेखि माथिसम्म सेटिङ गरेर कमिसन विना तलको फाइल माथि नसार्ने कर्मचारीको विगविगी छ । यस्तो रोग कर्मचारीको सबैभन्दा बढी भीड हुने यातायात,मोलपोत,राहदानी विभाग हुँदै श्रम कार्यालयतिर बढी देखिन्छ । भ्रष्ट कर्मचारीहरुले यी अड्डामा कसरी जरा गाँडेका छन् र तलदेखि माथिसम्मै मिलाएर कसरी खान्छन भन्ने बुझ्न ताहाचलस्थित वैदेशिक रोजगार विभाग काठमाडौंतिर आँखा डुलाए पुग्छ । त्यहाँ अहिले कर्मचारी कम र विचौलियाहरुको विगबिगी छ । दशैंको मुखमा काँग्रेसी निकट कर्मचारी युनियनका एक प्युसो कर्मचारीले श्रमका उच्च पदस्थ कर्मचारीहरुलाई थर्काएर÷फकाएर आफू निकटका सात कर्मचारीलाई सोही कार्यालय फिट गराइएको थियो । त्यसरी आफू निकटका खेलाडी कर्मचारीलाई फिट गराउन सफल खेलाडी नासु हुन् भूपेन्द्र अधिकारी । उनी कर्मचारी युनियनका युवा सचिव चुनिएका थिए । कर्मचारी युनियनका आडमा उनले त्यहाँ अधिकृत डिल्ली अधिकारी, कम्प्युटर अधिकृत प्रकाशचन्द्र अधिकारी, कम्प्युटर अधिकृत उन्नती अधिकारी, मनिष शर्मा, सुमन शर्मा, सूर्य रेग्मीसहित उनै भूपेन्द्र ताहाचल कार्यालय पुगेका थिए ।उनीहरुलाई त्यहाँ लैजाँदामात्र ३० लाखको खेलोफड्को भएको कर्मचारीहरु सुनाउँछन् । अहिले तिनै सात कर्मचारीले मात्र होइन त्यहाँका हर्ताकर्ता उपसचिव बसन्त बोहराको आतंकका कारण मन्त्रीदेखि सचिवसम्म हैरानी र सास्ती खेप्दैछन् ।
निर्वाचनको मुखमा र निर्वाचन सकिएपछि उनै उपसचिव बोहराले मन्त्री र सचिवको नाम बेचेर १५ लाख उठाएको चर्चाले सिंहदरबार तातेको छ । कर्मचारीहरु नै बोहराबाट आतंकित बनेर यो कुरा कर्मचारी संगठनका नेताहरुको कानमा फुक्दै हिडेपछि अहिले सिंहदरबारस्थित श्रम मन्त्रालय मात्र होइन वैदेशिक रोजगार विभागमा समेत यो बिषयले चर्चा पाएको छ । मन्त्रीले १५ सयको भात खाएका छैनन्,ती उपसचिवले मन्त्रीको नाम बेचेर १५ लाख उठाएपछि चर्चा र परिचर्चा हुने नै भयो । श्रम स्रोतका अनुसार उपसचिव बोहराले श्रम मन्त्री शेरबहादुर कुँवरदेखि श्रम सचिव एकनारायण अर्यालको समेत नाम बेचेर असुली धन्दा चलाएका हुन । गत मंसिर ४ को निर्वाचनको सम्मुखमा श्रम मनत्री कुँवरका लागि मत हाल्नका लागि उनका अछाम क्षेत्र नम्बर एकका मतदाता काठमाडौंबाट लैजान भन्दै चार लाख असुलेको कर्मचारीहरुले कर्मचारी ट्रेड युनियनका नेताहरुको कानमा फुकेका छन् । उनले म्यानपावर व्यवसायीले पैसा दिएनन् भन्दै त्यहाँका कर्मचारीहरुसँग पैसा उठाएर आतकिंत पारेका एक कर्मचारीले सुनाएका छन् । बदमासी गर्ने कर्मचारीका लागि १०÷२० हजार सहयोग गर्नु केही गाह्रा भएन तर सुख्खा तलबमात्र थाप्ने कर्मचारीलाई मन्त्री र सचिवको नाममा महिनै पिच्छे पैसा उठाइन थालेपछि ती कर्मचारीहरु आतंकित भएर मन्त्रालयसम्म कुरा पु¥याएपछि बोहराको बदमासी छताछुल्ल भएको हो । यसरी मन्त्रीको नाम बेचेर ४ लाख उठाइए पनि उनले पैसा उठाउनु अघि नै मन्त्रीको कार्यकर्ता तथा भोटर आछामतिर गइसकेका थिए । चुनाव जितेर फर्किए लगतै उनै बोहराले चन्द्रागिरीमा मन्त्रीज्यूले पार्टी राख्नुभएको छ सहयोग गर्नका लागि मन्त्रालयबाट निर्देशन भएको छ भन्दै थप १० लाख कर्मचारीबीचबाटै उठाइएको स्रोतको दावा छ । तर मन्त्री निकट स्रोतका अनुसार चुनाव पछि त्यहाँ सानो भेटघाट भएको र बढी नै खर्च भएको भए ८०÷९० हजार मात्र खर्च भएको छ । त्यो पनि मन्त्रीको सचिवालयबाटै त्यहाँ भुक्तानी भएको मन्त्री निकट स्रोतले जनाएको छ । तर न त मन्त्रीका लागि भन्दै मातहतको कार्यलयबाट ४ लाख उठाएर मन्त्रीका लागि भोट हाल्न यताबाट कुनै भोटरलाई अछाम नै पठाइयो । न त निर्वाचन जिते पछि कतै पार्टी नै दिने काम भएको छ । मन्त्रीले बढी खर्च गरेको भए त्यहाँ १५ सय बराबरको खाना खानुभयो होला तर उपसचिवले एउटै कार्यालयबाट मन्त्रीको नाम बेचेर १५ लाख उठाएको कुराले मन्त्रालय गर्माएको हो । यो खबर सिंहदरबारभित्रै हलचल मच्चिएपछि ती उपसचिवमाथि विभागीय कारवाही गर्ने तयारी मन्त्रालयले गरिरहेको छ ।
यसरी सिधै मन्त्री र सचिवको नाम बेचेर ब्रहम लुट मच्चाउन सक्ने कर्मचारीले जागिरे जीवनमा अरु के के उप्रदो गर्न सक्लान ?कस्को संरक्षणमा यी सबै काम गरिरहेका होलान ? किनकी टेक्ने र समाउने हाँगो नभई यसरी अत्याचार गर्ने बल त जो कोहीलाई कहाँबाट आउला ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *