एनसेलले घटायो भ्वाइस कल शुल्क, अब प्रति मिनेट २.०५ रुपैयाँ मात्र

अर्थ/वाणिज्य समाचार

काठमाडौं। एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सस्तो दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवा लिन सक्ने भएका छन्। एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसंचार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक प्रति मिनेट १।६२ रुपैयाँ कायम गरेको छ।

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात पेएजयूगोको नयाँ महशुल दर आइतबार (पुस १) देखि लागु भएको एनसेलले जनाएको छ। यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा करबाहेक १।९९ रुपैयाँ शुल्क लाग्थ्यो।

नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहहरुकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट २।०५ रुपैयाँमा कल गर्न सक्ने एनसेलले जनाएको छ। यसअघि यो शुल्क करसहित २.५२ रुपैयाँ थियो ।

ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गरिएको एनसेलले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *