डा.केसीको कारण संकट थपिँदै

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । मेडिकल शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसीको पटक पटकको आन्दोलनले मेडिकल शिक्षामा कहाँ के कति प्रगति भयो त्यसको खोजी डा.केसीकै सहयोगीले गर्लान । त नेपालमा सीटीईभिटीबाट सम्बन्धन लिएर नसिंङ कक्षा चलाउने कलेजहरु बन्दा हुँदा देशको ठूलो जनशक्ति भने अलमलमा परेको छ ।

नर्सिङ पढेका युवायुवतीको श्रमबजार रहेको इजरायल, स्पेन, जापान, बेलायत, अस्ट्रेलियाजस्ता देशले नेपाली स्वास्थ्यकर्मीको माग गरिरहेका छन् । नेपालका अस्पतालहरुले बीएस्सी नर्सिङ पढाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगंज, भैरहवा, जनकपुर, विराटनगर, विरगंज, भरतपुर, पोखराजस्ता शहरमा पढाई हुने गरेको छ । निजी अस्पतालहरुमा नर्स र डाक्टरहरुमाथि शोषण हुने गरेको छ । त्यसको छानबिन र खोजी कुनैपनि निकायले गरेको छैन ।

डा.केसीले प्रदेश तहमा सरकारी लगानीमा मेडिकल शिक्षाको पढाई हुनुपर्छ भनेर अनशन बसे । सरकारले सम्झौता गर्छ, तर कार्यान्वयन गर्दैन । केसीको आन्दोलनकी पात्र डा.तोषिमा कार्की अहिले सांसद बनेकी छिन् । डा.केसीले मेडिकल शिक्षाको सुधारको अभियान चलाए । तर स्टाफ नर्स, बीएस्सी नर्सिङजस्ता शिक्षा लिएको सीपमूलक हजारौं युवाले वैदेशिक रोजगारी पाउने बाटो बन्द गरेको छ ।
सरकारी अनुगमन टोलीहरु पैसामा बिक्ने प्रवृत्ति जहाँको त्यहीँ छ ।

विषयका विज्ञले पछाडिको बाटो हरेका भए देशको मेडिकल शिक्षा सुधार हुन्थ्यो । तर त्यस्तो विषयमा सरोकारवालाले ध्यान दिएको छैन । नेपालमा समस्या निम्त्याउने, समाधानमा नगर्ने परम्परा रहेको छ । जुनै तन्त्र आएपनि नेतृत्व नै भ्रष्टाचारमा मुछिँदा समस्या झनै चर्केको हो । मेडिकल शिक्षामा झन् यस्ता समस्या बढेर गएका छन् । (तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *