रवि र राउत पनि उस्तै

राजनीति समाचार

कांग्रेस, एमाले भ्रष्ट भए माओवादीले पनि उही गति लियो । भ्रष्टाचार माफियाकरणले देश कस्तो हालतमा छ सबैले बुझेकै हुन् । तर तिनै भ्रष्टाचारी र माफियाकरणमा रमाएका एमाले कांग्रेसभन्दा रास्वपाका रवि लामिछाने केही फरक हुन सक्थे । तर रविले काम हुने र देखाउने मन्त्रालयभन्दा प्रहरीको सलाम खानमै रमाएका छन् ।

मधेसका ठेकेदार उपेन्द्र र महन्थलाई थन्को लगाउन अग्रसर जनमत पार्टीका चन्द्रकान्त राउत पनि सत्ता साझेदारमा रहेका छन् । राउत आफैं मन्त्री खान गएनन् । तर ६ सिटे राउतलाई तीनजना मन्त्री चाहिएको छ भने १४ सिटे राप्रपा ४ मन्त्री खोज्दैछ ।

एमालेले ११ जना मन्त्री लिँदा ४ जना मन्त्री पठाइसकेको छ । उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा लिएको एमालेले आफ्नो विगतको सरकारमा डा.युवराज खतिवडाजस्ता खराब व्यक्तिलाई मन्त्री बनाएर बद्नाम गरेको थियो ।

जनतालाई माओवादीको आश छैन । यो पार्टीको पक्षमा ब्यूरोक्रेसी छैन । एमालेले जनसरोकारका योजना दिन सक्दैन भन्दै गर्दा माओवादीले पनि ध्यान दिने तिनै घाइते अपांगतर्फ हो । रवि र राउतले काम देखिने र हुने उद्योग, उर्जा, स्वास्थ्य शिक्षाजस्ता मन्त्रालय लिएर कालोबजार नियन्त्रण, स्वास्थ्य र शिक्षाको बेथिती हटाउन भन्ने जनताको आशा थियो । (तामाकोशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *