शक्तिको आडमा कानूनभन्दा माथि चन्द्र ढकाल

समाचार

काठमाडौं । सिंहदरबारदेखि वालुवाटारसम्म,बालकोटदेखि खुमलटार र कोटेश्वरसम्म सेटिङ मिलाउन खप्पिस एउटा खेलाडी बैंकरलाई राज्यको कुनै ऐन कानुन लाग्दैन ? होइन भने ती व्यापारी वा बैंकरले बर्षाैदेखि राज्यको नीति नियमलाई पंगु बनाउँदा समेत सरकारी हाकिमहरु के हेरेर बसिरहेका छन् ? कि पानीपोखरीमा केन्द्रिय कार्यालय रहेको बैंकका अध्यक्षले जतिसुकै बदमासी गरे पनि आँखा चिम्लेर मात्र बस्ने हो नेपाल राष्ट्र बैकका हाकिमहरुले ?

यस्तो जात्रा देखाएका हुन् चन्द्र ढकालले । ढकाल,एकै पटक तीन वटा संस्थाको अध्यक्षको कुर्सीमा छन् । जबकी नेपाल राष्ट्र बैंकको ऐनले एउटै व्यक्ति,एउटै नियामक निकायद्धारा इजाजत प्राप्त एकभन्दा बढी कम्पनीको अध्यक्ष बस्न मिल्दैन भन्छ । तर,सो ऐनको धज्जी उडाउँदै चन्द्र ढकाल अहिले तीन वटा निकायको अध्यक्षको भूमिकामा छन् । ग्लोबल आइएमइ बैंकको अध्यक्षको भूमिकामा छन् चन्द्र ढकाल । उनको अण्डरमा सुर्दशनकृष्ण श्रेष्ठ,कृष्णप्रसाद शर्मा, नेपाल बैंकका पूर्व सिइओ देवेन्द्रप्रताप शाह, क्याविनेट शर्मा र रामबहादुर भण्डारी बोर्डमा छन् । यस्का अलवा चन्द्र ढकाल अहिले अवैद्य बन्न पुगेको आइएमइ रेमिटको अध्यक्षको कुर्सीमा छन् । आफ्नो भाइ हेमलाई को फाउण्डर र डाइरेक्टरमा कुर्सीमा राखेका उनले त्यहाँका सिइओ चाहिँ खिलेन्द्र पौडेललाई दिइएको छ । यता सो कम्पनीको म्याद सकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आइएमई रेमिट ०७८ साल मंसिर २९ गते एक बर्षका लागि नविकरण भएको थियो । नेपाल राष्ट्र बैंकले लाइसेन्सको नविकरणको म्याद सकिए पनि आईएमईले एक महिनासम्म कारोबार गर्न छुट दिएकोमा सो एक महिनाभित्र पुनः नविकरणका लागि आवेदन नदिएका कारण लाइसेन्स रद्ध भएको हो अब आईएमईले झण्डै ४ सय प्रतिशत जरिवाना तिरेर नवीकरण गर्नुपर्ने हुन्छ । उनी यसरी अवैद्य भएको संस्थाको अध्यक्षको भूमिकामा छन् । यसरी एउटै व्यक्ति,नेपाल राष्ट्रबैंकद्धारा नियमन हुने दुई वटा संस्थाको अध्यक्षको कुर्सीमा बस्न मिल्छ त ? त्यसका लागि नेपाल राष्ट्र बैंकले बर्ष दिन अघि जारी गरेको ‘एकीकृत निर्देशन २०७८’ पल्टाउनु पर्ने हुन्छ । सो निर्देशिकाको इ. प्रा. निर्देशन नं ६÷०७८ को बुँदा १ को उपबुँदा ३ र १२ को पेटबोली छ,‘एउटा व्यक्ति दुई वटा इजाजतपत्र प्राप्त संस्थाको संचालक (अध्यक्ष समेत) बन्न मिल्दैन ।’निर्देशिकाको उपबुँदा ३ मा लेखिएको छ, ‘एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने । अझ सो निर्देशिकाले एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकैपटक अर्को इजाजतपत्रप्राप्त संस्था लगायत सहकारी ऐन, २०४८ अन्तर्गत संचालित बचत तथा ऋण सहकारी संस्था तथा बीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्था समेतको सञ्चालक, सल्लाहकार वा कुनै पनि पदमा रहन पाँइदैन भन्छ । त्यस्तै, निर्देशनको इ.प्रा ६÷२०७८ को बुँदा १ को उपबुँदा १२ मा एक भन्दा बढी व्यक्ति इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक÷कार्यकारी प्रमुख हुन नपाइने व्यवस्था छ । नेपाल राष्ट्रबैंकको ऐन अनुसार कुनै एक वा एकभन्दा बढी संस्थामा आवद्ध रहेको भेटिएमा उ माथि कारवाही गर्ने उल्लेख गरिएको छ । यस्तो भेटिएमा बैंक वा वित्तीय संस्थाको सञ्चालक समिति, सञ्चालक, पदाधिकारी र अन्य कर्मचारीले पाउने बैठक भत्ता, मासिक पारिश्रमिक लगायतका केही वा सबै सुविधा रोक्का वा निलम्बन गर्नेदेखि गाम्भिर्यता हेरी दश लाख रुपैयाँसम्म जरिबाना गराउने त्यहाँ उल्लेख छ । तर शक्तिकेन्द्र दायाँ भएका चन्द्रहरुलाई कसले छुने, कसले चलाउने ?

यता चन्द्र ढकालकै लगानी रहेको आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड पनि समस्याग्रस्त बनेको छ । काठमाडौं महानगरपालिका १ मा केन्द्रीय कार्यालय रहेको सो संस्थाको बोर्डमा देखिन्छन्,अध्यक्षमा योगेश्वर शर्मा ढकाल रहेको सहकारीको सञ्चालक समितिमा धनप्रसाद शर्मा, रुद्रराज पौडेल, उपेन्द्र शर्मा घिमिरे र पूजा शर्मा, निर्देशक । यस्तै जयराम नेपाल, सीए दीपक शर्मा पोखरेल सञ्चालक समितिमा छन् । अर्जुन शर्मा पौडेललाई सिइओका रुपमा देखाइने भएता पनि उनी सञ्चालक समितिको निर्देशनअनुसार आइएमई ग्रुप, यसका अध्यक्ष चन्द्र ढकाल तथा सहकारी संस्थाका अध्यक्ष योगेश्वर ढकाललाई नै लगानी गर्न बाध्य बनाएको बताइन्छ । आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडले हालै करिब ४० करोड रुपैयाँमा भवन निर्माण गरेको र त्यहाँका अध्यक्ष योगेश्वर शर्मा ढकालका माध्यमबाट अध्यक्ष चन्द ढकालको हातमा ठूलो रकम पुगे पछि सहकारी संकटग्रस्त भएको जनाइएको छ । उनै चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्ने लाइनमा छन् । (तामाकोशी सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *