गृहमा भद्रगोल, गृहसचिव बन्न तछाडमछाड

समाचार

काठमाडौं । नयाँ सरकार बनेसँगै गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने यतिखेर चर्चाको पात्र बनेका छन् । उनलाई नागरिकतासम्बन्धी मुद्दाले चर्चित बनाएको हो । यतिखेर गृहमन्त्रालयमा रविले आफूले चिनेको आधारमा एक जना ट्राफिक प्रहरीका इनिस्पेक्टर र अर्का प्रहरीका सईलाई गृहमा ल्याएर आफ्नो फेबरमा काम गर्न खटाएको बताइन्छ । यस कार्यले कतिपय प्रहरी अधिकृतहरु गृहमन्त्रीदेखि त्रसित भएका छन् भने कतिपय वरिष्ठ प्रहरीहरुले गृहमन्त्रीलाई गनेका पनि छैनन् । तर, यतिबेला गृहसचिव फेर्न खोजिँदै छ । गत शनिवार गृहमन्त्री प्रहरी हेड क्वाटरमा गएर अनुगमन गरिरहँदा गृहसचिव भने मन्त्रीको सो अनुगमनमा उपस्थित भएका थिएनन् । उनी बिरामी भएको बहानामा घरमै बसेका थिए ।

नेपाल प्रहरीका आइजीपी धिरज सिंह भने सो अनुगमनमा उपस्थित थिए । यो भनेको गृहसचिवले गृहमन्त्रीलाई नपत्याएको देखिन्छ । तर, गृहसचिव विनोद प्रकाश सिंहले गृहमन्त्री रविलाई भन्ने गरेका छन्, ‘म तपाईंलाई काम गरेर देखाउँछु त्यसमा विश्वास दिलाउन चाहन्छु’ भन्दै गर्दा अहिले अन्य मन्त्रालयका सचिवहरु गृहसचिव बन्नलाई मरिमेटेर लागेका छन् । यसरी गृहसचिव भएर जानको लागि लभिङ्ग गर्नेहरु यसप्रकार छन् । त्यसमा एकनारायण अर्याल, गोकर्णमणि दवाडी, नारायणप्रसाद दवाडी, मधुसुदन बुर्लाकोटी, सूर्य गौतम, यादव कोइराला, अर्जुन पोखरेल र मुकुन्द निरौलालगायले गृहसचिव भएर जानेमा होडवाजी चलिरहेको छ । गृहमन्त्री रविले भनेका थिए, ‘कसैको सोर्सफोर्स र लभिङ्ग गरेर सरुवा र बढुवाको लागि हिड्न पाइने छैन’ भनिरहँदा अहिले गृहसचिव बन्नेहरुको भीड लागिरहेको छ । उता नेपाल प्रहरीमा भने यतिखेर सबैभन्दा चलायमान र शक्तिकेन्द्र धाउनेहरुमा वशन्त कुँवर, टेकप्रसाद राई र श्याम ज्ञवाली रहेको बताइन्छ ।

यस्तै गृहमन्त्री रवि लामिछाने भने केही प्रहरीहरुलाई सुधार्ने अवसर पनि दिने भनेर आश्वसन दिएको पाइन्छ । तर, प्रहरीका आइजीपी धिरज प्रताप सिंह, गृहसचिव विनोद प्रकाश सिंह मिलेर प्रहरीभित्र हुने गरेको हिनामिनाको बारेमा गृहमन्त्रीले खोजतलास गर्न थालेपछि प्रहरीभित्र खैलाबैला मच्चिन थालेको छ । त्यस्तै सशस्त्र प्रहरी बलभित्र पनि विगत लामो समयदेखि हुँदै आएको भ्रष्टाचारको कालाकर्तुतहरु छताछुल्ल हुन्छ कि भनेर प्रहरी अधिकृतहरु हायलकायल हुन थालेका छन् । तर गृहमन्त्री रवि भने आफ्नै नागरिकता विवादको घेरामा परेकाले कतिपय प्रहरी अधिकृतहरु कारबाहीबाट जोगिन सकिन्छ कि भनेर आशा गरिराखेका छन् । त्यति मात्रै होइन प्रहरी भित्रकै उच्चपदस्थ प्रहरी अधिकृतहरु गृहमन्त्री लामिछानेलाई हटाएर अन्य राजनीतिक दलबाट गृहमन्त्री बनिदिए हुन्थ्यो भनेर शक्तिकेन्द्रहरुमा धाइरहेको बताइन्छ । हालका गृहसचिव विनोद प्रताप सिंहलाई हटाएर भएपनि केही सचिवहरु आफू गृहसचिव बन्न भनेर भित्री रुपमा चलखेलमा लागिरहेको बताइन्छ । अहिलेका गृह सचिवलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा। आरजु राणाको निगाहबाट गृह सचिव ल्याएको थियो । तामाकाशी सन्देशबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *