काठमाडौं । नेपालको पत्रकारिता क्षेत्रलाई राजनीतिक दलहरुले भँजाउने र आफ्नो पञ्जामा पारेर फाइदा दिने काम विगत सरकारको पालादेखि अहिलेसम्म भइरहेको छ । हिजो नेपालको राजनीतिक परिवर्तनको लागि मरिमेटेर कमल चलाउने अधिकांश पत्रपत्रिका र त्यसका सम्पादक प्रकाशकहरु अहिले पुरै ओझेलमा परेका छन् ।
विगत जनयुद्ध कालमा कलम चलाएबापत धेरै पत्रकारहरुले ज्यान गुमाएका थिए । अहिले त्यसरी ज्यान गुमाएका पत्रकारका परिवारहरुको अवस्था कस्तो छ र उनीहरुका परिवार के काम गर्दैछन् भनेर सरकार र नेपाल पत्रकार महासंघले खोजी गरेको पाइँदैन । नेपाल पत्रकार महासंघ राजनीतिक दलको भागबन्डाको थलोको रुपमा परिणत भएपछि यस्तो अवस्था सिर्जना भएको हो । अहिले नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश सभा र जिल्ला शाखाहरुमा सक्रिय श्रमजीवी पत्रकारभन्दा पनि अन्य पेशा व्यवसायमा र राजनीतिक दलका कार्यकर्ताको भीड छ । कतिपय पत्रकारहरु पत्रकारिता पेशामा सक्रिय नभए पनि आजीवन पत्रकार महासंघको सदस्य लिइरहेका छन् ।
र, उनीहरु पत्रकारिता छाडेर अन्य पेशामा संलग्न भए तापनि विभिन्न पार्टीबाट राजनीतिक नियुक्ति, सुविधा, पुरस्कार, सम्मान लिइरहने चलन चल्दै आएको छ । तर, कतिपय श्रमजीवी पत्रकार जो अन्य पेशामा नभएर सधैं पत्रकारिता पेशामा आबद्ध रहँदा पनि ती पत्रकारहरुले न त राज्यबाट कुनै सुविधा पाउँछन् न त नेपाल पत्रकार महासंघले उनीहरुको योगदानको कदर र मूल्यांकन गर्ने गरेको छ ।
यसरी नेपाल पत्रकार महासंघमा सदस्यदेखि पदाधिकारीसम्ममा निर्वाचित व्यक्तिहरु पत्रकारिता पेशा चुटक्कै छाडेर विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थामा आबद्ध भएर पत्रकारको नाममा राजनीति गर्ने र फाइदा लिने जस्ता कामहरु भइरहेको छ । किन कि गत पुस ८ र ९ गते सुर्खेतमा भएको नेपाल पत्रकार महासंघको साधारण सभाले यस्तै झल्को देखाएको छ । किन भने त्यो सभामा सक्रिय पत्रकारिता गरेका श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई राज्यबाट दिलाउनुपर्ने सेवा, सुविधाको बारेमा कुनै आवाज उठेको थिएन ।
नेपाल पत्रकार महासंघको प्रतिवेदन राजनीतिक दलको चुनावी घोषणापत्र जस्तै प्रतिवेदन सार्वजनिक गरिएको थियो । यसकै उदाहरण गत पुस २ गते अनामनगरस्थित सिलौटो कटेजमा उपत्यका प्रदेशले दोस्रो साधारण सभा गरेर तमासा देखाएको थिया । उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले गरे तापनि अधिकांश पत्रकारहरुको बारेमा आवाज नउठाएर राजनीतिक दलको प्रतिवेदन जस्तै कुनै विज्ञ खडा गरी प्रतिवेदन बनाउन लगाएर वाचन गरिएको थियो ।
किन त्यो गरियो भने उपत्यका प्रदेशका कार्यसमितिमा श्रमजीवी र वास्तविक सम्पादक÷प्रकाशक भन्दा अन्य पेशामा आबद्ध भएका व्यक्तिहरुको जुलुसै जम्मा भएका थिए । तर, पत्रकारको नाममा जुलुस बनाएर भोजभतेरको व्यवस्था गरिएको थियो । यसकै उदाहरण गत शनिबार नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले पत्रकारहरुलाई वनभोज खुवाउने नाममा हरिसिद्धिको फेमेली रिसोटमा भेला गरेको थियो ।
सो भेलामा श्रमजीवी र प्रकाशक सम्पादक भन्दा चुनावका बेला प्रयोग गरिने विभिन्न पेशा, व्यवसायमा आबद्ध भइ पत्रकार महासंघको सदस्यता लिएका व्यक्तिहरुलाई खुसी बनाउने र पत्रकारको नाममा परिवारलाई रमाइलो बनाएर भोज खुवाउने काम गरिएको थियो । त्यस रिसोटमा पत्रकारको ब्यानर झुण्ड्याएर विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुलाई अतिथि राखेर भोजको शुभकामना आदनप्रदान गर्ने काम गरिएको थियो ।
तर, त्यो भेलाले श्रमजीवी पत्रकार, पत्रकारिता क्षेत्रभित्रमा भैपरी आएने समस्या र आगामी दिनमा आइपर्ने समस्याका बारेमा कुनै पनि आवाज उठेको थिए । त्यसैगरी पत्रकारिता पेशालाई कसरी अगाडि बढाउने, विज्ञापनको सवाललाई कसरी व्यवस्थित गराउने, विरामी र अशक्त पत्रकारको बारेमा के गर्ने, विज्ञापन बोर्ड, कर कार्यालय र कम्पनी रजिष्टार कार्यालय, वडा कार्यालयले दिएको हैरानीबारे पनि कुनै चासो, चिन्ता गरेको देखिएन । उपस्थित सबै आ–आफ्नै तालमा रमाउँदै विषयान्तर गरिरहेका थिए । (तामाकोशी सन्देशमा समाचार छ)