भौतिक मन्त्रीले पुरा गर्लान् त अलपत्र परेका आयोजनाको काम

राजनीति समाचार

काठमाडौं । सरकार फेरिएसँगै ठूलाठूला आयोजना र भौतिक पूर्वाधारका कामहरु अलपत्र पर्ने गरेका छन् । सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्गतका आयोजनाहरु अलपत्र पर्ने गरेका छन् । भौतिक मन्त्रालयमा मन्त्री फेरिएसँगै सचिव र डिजी फेर्ने चलनले अधिकांश आयोजनाहरु अहिलसम्म सम्पन्न हुन सकेका छैनन् ।

नयाँ सरकार बनेसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएका छन् । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले पूर्वाधारको काम कसरी अगाडि बढाउँछन् यो भने प्रतिक्षाको विषय बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने काठमाडौं–तराइ द्रूतमार्ग, हुलाकी राजमार्ग आयोजना, मध्यपहाडी लोकमार्ग आयोजना, नाराणघाट–मुग्लिन सकड आयोजना, मदन भण्डारी लोकमार्ग आयोजना र धुलिखेल बनेपा सडक आयोजना अहिलेसम्म पुरा हुन सकेका छैनन् ।

यी आयोजनाहरुको लागत–इस्टिमेट भने वर्षेनी बढेर जाने गरेको र अधिकांश विकासे कामहरु अलपत्र पर्ने गरेका छन् । ती आयोजनाहरुमा आयोजना प्रमुख भएर जानेहरुको लर्को लाग्ने गरेको छ । यस्तै सरकार फेरिएपछि सडक विभागको महानिर्देशक फेर्ने चलन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव फेरिने कारणले गर्दा यस्ता आयोजनाहरु अलपत्र पर्ने गरेका छन् ।

राजनीतिक दलका नेताहरु पनि आफ्नो फेबरको सचिव, डिजी र आयोजना प्रमुखहरु फेर्नुपर्ने होडवाजीले गर्दा यस्ता आयोजनाको लागत बढेर जाने गरेको छ । कतिपय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरु कामभन्दा पनि कमिसन र ठेक्कापट्टामा लिप्त हुने गरेका छन् । ठूला–ठूला ठेक्कापट्टाको स्टेटमेन्ट तयार गर्दा नै मोलमोलाइ गरेर खाने गरेको इतिहास जगजाहेर छ ।

कतिपय भौतिक पूर्वाधारका तत्कालीन कर्मचारीहरु जागिरबाट रिटायर हुँदा पनि कन्सल्टेन्सी खोली ठेक्कापट्टाको काम हात पार्दै आएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिवदेखि डिजीसम्मले सडक विभागको काम हात पार्दै आएका छन् । सडक विभागका कर्मचारी र ठेकेदारबीच मनमुटावले गर्दा कतिपय आयोजनाहरु अहिलेसम्म अलपत्र पर्ने गरेका उदाहरणहरु प्रशस्त पाइन्छ ।

अहिले सात दलीय गठबन्धन गरेर बनेको सरकारमा भौतिक मन्त्री माओवादीका नारायणकाजी श्रेष्ठले कसरी आयोजनाको काम सुरु गर्ने हुन् र उनले पहिलाको जस्तो सचिव र डिजी फेर्छन् कि फेर्दैनन् हेर्न बाँकी छ । अहिले सडक विभागको डिजी बन्नको लागि विभागका कर्मचारीहरु विभिन्न शक्तिकेन्द्रहरु धाउन थालेका छन् ।

हालका डिजी अर्जुजंग थापा दुई कार्यकाल डिजी बनिसकेका छन् । जेष्ठ र सिनियरको हिसाबमा शिव नेपाल डिजी बन्नुपर्नेमा उनी अहिलेसम्म डिजी बन्न सकेका छैनन् । यस्तै अहिले डिजी बन्ने लाइनमा अर्जुन ढकाल लागिपरेको चर्चा छ । तर, भौतिक मन्त्रीले नयाँ डिजी ल्याएर काम थालनी गर्छन् कि पुरानै डिजीलाई कायम राख्छन् एकिन भइसकेको छैन ।

उता सडक विभागका डिजी अर्जुन थापा सचिव बन्ने तरखरमा थिए भने तत्कालीन सरकारले उनलाई नबनाएर नामुद भ्रष्टाचारी अख्तियारदेखि विभिन्न निकायमा मुद्दासम्म खेपिरहेका रामआधार शाहलाई डा. आरजु देउवाको आडबलमा सचिव बनाइएको थियो । अहिले सडक विभागको महानिर्देशक बन्न अर्जुन ढकाल लागिपरेको स्रोत बताउँछ । अर्जुन ढकाल पनि गोरखाकै भएका कारण उनको दाबी बलियो देखिएको छ । (तामाकोशी सन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *