प्रधानमन्त्री प्रचण्डलाई अवसरसँगै चुनौतीको चाङ

राजनीति समाचार

सात राजनीतिक दल र एक स्वतन्त्रको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार चलाउन त्यति सहज देखिएको छैन । प्रचण्डले प्रधानमन्त्री हुने रहर त पुरा गरे तर सरकार चलाउँदा सात राजनीति दल र एक स्वतन्त्रलाई सकरी चित्त बुझाउँछन् यतिखेर चर्चाको विषय बनेको छ ।

अधिकांश राजनीतिक दलदेखि बुद्धिजीवी र सर्वसाधारणले प्रचण्ड सरकारलाई नियालिरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालका राजनीतिक दलहरुलाई मिलाउने मात्रै समस्या होइन छिमेकी मुलुक भारत र चीनलगायतका देशहरुलाई कसरी समन्वय गर्छन् भनेर चासो राख्नेहरु पनि त्यत्तिकै छन् । छिमेकी मुलुक चीन र भारतलाई मात्रै होइन परराष्ट्र र कूटनीतिक नियोगलाई कसरी समन्वयकारी भूकिा खेल्छन् भन्ने जस्ता अप्ठ्यारा त्यत्तिकै छन् ।

यससँगै आर्थिक, सामाजिक, राजनीतिक र भौतिक समस्याको चाङ पनि त्यत्तिकै छ । यस्ता समस्यालाई प्रधानमन्त्री प्रचण्डले कसरी समाधान गरेर अगाडि बढ्छन् भन्ने चासो पनि टड्कारो रुपमा अगाडि आएको छ । उता पश्चिमाहरुले पनि नेपालका प्रधानमन्त्रीलाई हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने कुरा एकिन भइसकेको छैन । तत्कालीन सरकारको पालामा नेपालको भूभाग समेटेर प्रकाशित गरेको चुच्चे नसक्सालाई कार्यान्वयनमा ल्याउनको लागि कुटनीतिक नियोगद्वारा समन्वयकारी भूमिका खेलेर कार्यान्वयमा ल्याउनको लागि पनि त्यत्तिकै चुनौतीको विषय बनेको छ ।

यस्तै भारतले ६० स्थानभन्दा बढी ठाउँमा सिमाना मिचेको विषयलाई कसरी अगाडि बढाउँछन् भन्ने चिन्ता र चासो पनि त्यत्तिकै छ । उता तत्कालीन सरकारको पालामा पारित गरिएको एमसीसी परियोजना कसरी अगाडि बढ्छ भन्ने चासो पनि बढिरहेको छ । त्यस्तै चीनले ल्याएको बीआरआई परियोजनालाई कसरी लागु गरेर अगाडि बढाउँछन् भन्ने बारेमा पनि चर्चापरिचर्चा भइरहेको छ ।

हाल पोखरामा उद्घाटन भएको विमानस्थल र रसुवाको केरुङ नाका प्रचण्ड प्रधानमन्त्री हुनासाथ खुलेपछि अधिकांश राजनीतिक दलहरु र विश्लेषकहरुले चर्चाको विषय बनाएका छन् । त्यस्तै पोखरास्थित अन्र्राष्ट्रय विमानस्थल उद्घाटन गर्नासाथ चीनले भन्न थालेको छ, ‘हाम्रो पनि बीआरआई परियोजना लागु भइसकेको छ’ भन्नेजस्ता आश्वासनहरु आइरहँदा भारतले नेपाललाई हेर्ने दृष्टिकोण कस्तो हुने हो त्यो अहिलेसम्म एकिन भइसकेको छैन ।

प्रधानमन्त्री प्रचण्डलाई यी र यस्ता समस्याहरुले नसताउला भन्न सकिँदैन । यस्ता समस्याहरुलाई प्रधानमन्त्री प्रचण्डले कसरी समाधान गर्दछन् त्यो भने प्रतिक्षाको विषय बनिरहेको छ । यतिखेर नेपालको राजनीति फेरिएसँगै विदेशी कुटनीतिक नियोगहरुले नेपाललाई कस्तो सहयोग गर्दछन् र के कस्तो विकासलाई सहयोग गर्छन् भन्ने कौतुहलता सिर्जना भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई पनि विदेशी कुटनीतिक नियोगदेखि परराष्ट्र नीति कस्तो बनाउने भन्ने चासो र चिन्ता बढेको छ । हुन त प्रचण्ड पहिला पनि दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले केही अनुभवहरु उनीसँग नभएको होइन । त्यसकारण पनि प्रधानमन्त्री प्रचण्डले नेपालको छिमेकी मुलुक भारत, चीन लगायत थुप्रै देशहरुसँग समन्वयकारी भूमिका खेलेर नेपालको हितमा काम गर्न सक्ने क्षमता राख्न सक्छ कि सक्दैनन् प्रतिक्षाको विषय बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *