नेपालको विकासमा तालमेल छैन

पत्र-पत्रिका

काठमाडांै । नेपालको अबिकासको कारणहरु अनेक छन । धेरैले कमजोर राजनीतिक नेतृत्वलाई नै नेपालको अबिकासको कारण मानेका छन । नेपालमा दलिय राजनीति आएपछि राजतन्त्रले राखेका बिकासका जगहरु र लिएका नीतिहरु सबै भत्काएर उल्टापुल्टा पारीदिएका छन । दलहरुले नेपालमा शासन गर्न थालेको पनि ३३ बर्ष बितीसक्यो । यसै अवधिमा दुनियाँको बिकास कताबाट कता पुगीसकेको अवस्था छ तर नेपालको बिकासमा भने कहिले धार्नी पुगेको छैन ।

नेपालमा दलिय राजनीति आएपछि नेपालको बिकास र राजनीतिमा बिदेशीको हस्तक्षेप थेग्नै नसक्नेगरी ह्वात्तै बढ्यो । फलस्वरुप नेपाल एकाएक आत्मनिर्भर स्वाभीमानी मुलुकबाट अरुको जुठोपुरो खाएर जीविका चलाउने परनिर्भर मुलुक बन्न पुग्यो । दलहरुले नेपाल राष्ट्रको बिकास गरेको जतिसुकै धेरै डिंगो हाँकेपनि नेपालको बिकासको हालत दिनानुदिन बत्से बत्तर बन्दै गएको यथार्थ अहिले नेपालमा बिद्धमान छ । दलहरुले नेपालको बिकास गर्न लिएका नीतिहरु नै गलत भएकाले नेपाल राष्ट्र झन्झन् कहिले उक्सिन नसक्ने गरी अबिकासको भुँमरीमा पर्दै गएको छ ।

नेपालमा बिकासको एजेन्सीहरु धेरै छन । तीन तहमा बाँडिएको केन्द्रिय, प्रदेश र स्थानिय सरकारहरु सबैको लक्ष भने नेपालको बिकास गर्नु नै रहेको छ । उक्त तीन तहमा बाँडिएको सरकारहरु मातहत अनेक सरकारी र गैरसरकारी संस्थाहरु नेपालको बिकासको लागि मुलुकै भरी सक्रिय रहेकाछन । सबैले नेपालको बिकासलाई कमिसनको कमाई खाने साधन मात्रै बनाएको हुँदा नेपालको बिकासमा तालमेल आउन सकेको छैन उल्टै झनझन गोलमाल मात्रै बढ्दै गएका छन ।

सबै बिकासे संस्थाहरुका बिच तालमेलको ठुलो अभाव छ । पिकासे संस्थाहरुका बिच आपसमा साथ सहयोग छैन र सबै एक्लाएक्लै र बेग्लाबेग्लै तरिकाले नेपालको बिकास गर्नको लागि कम्मर कसेर लागेको भएता पनि त्यसको प्रभाव उल्टोपाल्टो भएका छन । दलहरुको नेतृत्वमा रहेको केन्द्रिय सरकारले पनि बिकास बजेट बनियोजन गर्दा कनिका छरेझै छर्ने गरेकाले त्यसको प्रभावकारिता देखिने गरी आएको छैन ।

विदेशी ऋणबाट जुगाड गरिएको बिकास बजेट यसरी बालुवामा पानी खन्याएको झै बिना प्रभाव सकिएका छन । चुनाव जितेर साँसद बनेकाहरु चुनाव जितेको भोलीपल्ट देखि नै आआफ्नो चुनाव क्षेत्रहरुमा बिकास बजेट धेरै लानको लागि बिभिन्न सरकारी र गैरसरकारी बिकासे संस्थाहरुमा धाउने गर्दछन । प्रभावशाली साँसदले राष्ट्रको धेरै बजेट सोरसार पारी आफ्नो चुनाव क्षेत्रमा लान सफल हुन्छन भने प्रभावहिन कमजोर साँसदहरु यताउता भौतारिएर केही बजेट आफ्नो चुनाव क्षेत्रमा लाने गरेकाछन । नेपालमा बजेट मार्फत नै केही बिकास बजेट साँसदहरुको सिफारिस र निर्देशनमा उहाँहरुको चुनाव क्षेत्रमा लगानी गर्ने गरी छुट्याएको पनि हुन्छ ।

यस्ता बजेटहरुको प्रभाव नेपालको बिकासमा कतै देखिएको छैन । साँसदहरुले आफ्नो चुनाव क्षेत्रका जनताको सारोगारो टार्ने हिसाबले मात्रै यस्तो बिकास बजेटको भागबण्डा लगाउने गरेकाछन । यस्तो लगानीबाट बिकासको प्रभाव देखिने भन्दा पनि साँसदको प्रभाव बढाउने वा कायम राख्ने काम मात्रै हुँदै आएकाछन । नेपाल जस्तो बिदेशी सित ऋण काढेर बिकास बजेट जुगाड गर्नु पर्ने मुलुकहरुको लागि बिकासमा तालमेल मिलाउन निकै कठिन हुने गरेको छ ।

बिदेशी बैंकहरु वा ऋणदाता मुलुकहरुले ऋण दिंदा राख्ने वा राखेका सर्तहरुको कारण ऋण लिने नेपाल जस्तो मुलुकहरुले आफैले चाहेको परियोजनामा सोऋण लगानी गर्न पाउँदैन । त्यसकारण जेनतेन गरी जुटाएको विकासे पुँजीको लगानी गर्दा तालमेल बन्ने गरेको छैन । बिदेशीको ऋण लगानीमा बनेका धेरै परियोजनाहरु नेपालको समृद्धि सित जोडिएका छैनन् ।

एकातिरको घाउ अर्कोतिरको उपचार जस्तो मात्रै हुँदै आएका छन । नेपालको आफ्नै राजनीतिक परिस्थितिले गर्दा बिकास बजेट कनिका छरेझै छर्नु परेको छ भने ऋण काढीकाढी व्यवस्था गरेको बिकास बजेट पनि नेपालको समृद्धि सित नजोडिएका बिकास परियोजनाहरुमा लगानी भएका छन । आन्तरिक राजनीतिक परिस्थितिले गर्दा नेपालमा बिदेशीको हस्तक्षेप बढेको छ भने नेपालको बिकासमा पनि सोहीकारणले गर्दा तालमेल मिलाउन सकीरहेको छैन ।

नेपालको मौलिक बिकास नहुँदा नेपालमा यस्तो बाध्यकारी अवस्था उत्पन्न भएको छ । राजतन्त्र कालमा भएगरेका बिकासहरु नेपाललाई आत्मनिर्भर मुलुक बनाउने तिर केन्द्रित थियो भने दलहरु त्यसको ठिक विपरित दिशामा अगाडि बढ्दै आएका छन र नेपाललाई परनिर्भर मुलुकमा रुपान्तरण गरेका छन । दलहरुले अहिले दाबी गरे अनुसारको नेपालको बिकासलाई बिकास भन्न मिल्दैन किनकि साँचो अर्थमा दलहरुले नेपालको बिकास होईन विनास नै गरेका छन् ।

दलहरुले बिकासमा तालमेल होइन गोलमाल बढाएका छन । नेपालको सन्दर्भमा बिकास के हो भनी राम्रोसित नबुझेका दलका काँचा नेताहरुले नेपालको बिकासलाई अन्धोलाई हाथी झै बनाएका छन । केन्द्र देखि स्थानिय तह सम्म अनेक बिकासे एजेन्सीहरु छन । सबैको लक्ष नेपाल राष्ट्रको बिकास गरी नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी तुल्याउने नै छ । तर यस्ता अनेक बिकासे संस्थाहरुले छुट्टाछुट्टै आफ्नै किसिमले जो जहाँ छन उतै सक्रिय भएर बिकासको काम गर्दै आएका छन ।

यस्ता सरकारी वा गैरसरकारी बिकासे संस्थाहरुका बिच आपसी सहयोग छैन । सबैको उद्देश्य नेपालको बिकास गर्ने नै भएपनि सबै अलगथलग भएर नै कम गराउँदै र गर्दै आएका छन । नेपालमा यस्तो किसिमले बिकासे कामहरु हुँदै आएको हुँदा लक्षमा कोही पुग्न सकेको छैनन् । नेपालमा बिकास अभियान सुरु गरिएको सात दशक बितीसक्दा पनि नेपालको बिकासको समस्या जस्ताको तस्तै नै छ ।

नेपालका बिकासमा गरिएको लगानीबाट परिणाम निस्किन सकेको छैन र बिकासमा गरिएको ठुलो लगानी बालुवामा पानी खन्याए झै गरी सबै डुबेका छन । यदि सबै बिकासे संस्थाहरुका बिच साथ सहयोग भएको भए बिकासको परिणाम सिधै माथि तिर थपिदै बढेर जाने थियो भने आपसमा साथ सहयोग नहुँदा सबैको बिकास प्रयास सुन्यबाटै सुरु भयो र बिकासको परिणाम थपिदै लक्ष तर्फ बढेर जानुको साटो दायाँ बायाँ सुन्निएको झै फैलिर विलिन भयो ।

नेपालको राजनीतिक नेतृत्वले नेपाल भरी बिकास अभियानमा सक्रिय संस्थाहरुलाई समन्वय गरी परिणाम मूखि तुल्याउन सकेन। कमजोर राजनीतिक नेतृत्वले बनाएको अस्थिर सरकारहरु र त्यसबाट उत्पन्न भएको तरल राजनीतिक अवस्थाको फाईदा उठाउँदै बिदेशी गैरसरकारी संस्थाहरुले नेपालको राजनीति र बिकासमा हस्तक्षेप बढाएका छन । यिनै बिभिन्न कारणहरुले गर्दा नेपालको बिकासले मूर्तरुप लिन सकेन र सात दशक सम्म बिकासमा गरेका सबै लगानीहरु भुष भएकाछन ।

एशिया कै अन्य मुलुकहरुमा भएको बिकासलाई देखेर नेपाली जनताको धर्यको बाँध फुटेको छ । नेपाली जनता नेपालको पनि तिब्रगतिमा बिकास भएको हेर्न चहान्छन । नेपाली जनताको यो रहर दलको भ्रष्ट र कमजोर राजनीतिक नेतृत्वले पुरा गर्नसक्ने अवस्था नेपालमा बिद्धमान छैन । नेपालको आर्थिक संकट दलहरुकै कमजोर र अपरिपक्क राजनीतिक नेतृत्वले गर्दा झनझन गम्भिर बन्दै गएको छ । बिदेशी ऋण र सहायतामा निर्भर गरेको नेपालको बिकासको लागि यतिबेला बिदेशबाट पनि फरक पार्ने गरी आर्थिक सहायता आउन सक्ने संभवाना छैन किनकि नेपाललाई सहयोग गर्ने बिदेशी मुलुकहरु आफै आर्थिक मन्दीको चपेटामा पर्दै गएका छन ।

नेपालमा फैलिएको भ्रष्टाचार र आर्थिक अनियमिताले गर्दा पनि बिदेशी मुलुकहरु नेपालको बिकासमा लगानी गर्न हच्किएका छन । नेपालको बिकासमा सहयोग गर्ने भारत, चीन र जापान जस्ता मुलुकहरु नेपाललाई आर्थिक सहयोग मात्रै दिन तयार छैन । त्यसकारण उक्त मुलुकहरु नेपालको बिकासमा सहयोग गर्दा आफ्नै पाविधिक, प्रविधि र निर्माण सामग्रीहरुको उपयोग गरी आफ्नै सुपरभिजनमा काम गर्ने र गराउने सर्तहरु झुण्ड्याउने गरेका छन ।

यस्तो सर्तहरुले गर्दा ठुला बिदेशीले सहयोग गरेका परियोजानहरुमा नेपालीले साना तिना काम बाहेक थप केही पाउन सक्दैन । नेपाली जनशक्तिलाई नै काम दिने र हुनेगरी नेपाल सरकारले नेपालकै पुँजी लगानी गरी बनाउन सकिने परियोजनाहरुमा जोड दिनु पर्छ । बिदेशी सहायताले बनाउने मोडेल परियोजनाहरुकै भरमा नेपालको बिकास हुन्छ भन्ने सोच नेपाल सरकारले त्याग्नु पर्छ र नेपाली जनशक्ति र श्रोतहरुको उपयोग गरी नेपालको दीगो बिकासको लागि जोड दिनुपर्छ ।

नेपालमा सक्रिय रहेका सबै सरकारी वा गैरसरकारी निजी संस्थाहरुलाई राजनीतिक नेतृत्वले समन्वय गरी सबैका बिच आपसी सहयोग, साथ र तालमेल बढाएर तिब्र परिणाम मूखि बिकासलाई बढबा दिनुपर्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *