ananta gurung

चार जात छत्तीस वर्णको फूलवारी

समाचार

नेपाल राष्ट्रलाई एक ढिक्का बनाउने नेता अरु कोही नभएर बडामहाराज श्री ५ पृथ्वीनारायण शाह नै थिए । उहाँले नै सर्वप्रथम नेपाललाई चार जात छत्तीस वर्णको फूलवारी भन्ने नेपाल एकिकरणको शिद्धान्त प्रतिपादन गर्नु भएको थियो । त्यसै शिद्धान्तको जगमा टेकेर बडामहाराज श्री ५ पृथ्वी नरायण शाहको सक्रिय नेतृत्वमा नेपालको एकिकरण गर्ने अभियानले तिब्रता पाएर सम्पन्न गरिएको थियो । उहाँले नेपाल र नेपाली जनतालाई जोडेर राख्नको निमिक्त दिव्य उपदेशहरु दिनुभएको थियो जुन आजसम्म पनि दिव्य र सान्दर्भिक नै छन । नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको सुरक्षा गर्ने उक्त दिव्य मंत्रहरुले नेपाल राष्ट्रको बिदेश नीति र घरेलु नीति के कस्तो हुनु पर्ने भनी नेपाली जनताको मार्गदर्शन गरेको छ । उक्त मार्गबाट नेपालको राजनीतिक दलहरु भड्किएको हुनाले नेपालको विकास र राजनीतिमा बिदेशीको प्रभाव र हस्तक्षेप बढ्दै जाँदा नेपाल जटिल आर्थिक संकटको सिकार बन्दै गएको हो । उक्त जाटिल आर्थिक संकटबाट कसरी मूक्ति पाउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने मंत्र पनि दिव्य उपदेश नै हो ।
राजनीतिक दलका नेताहरुले त्यसलाई मन्थन गरी निर्देशित नभएको हुँदा नै आर्थिक संकटको समाधान निकाल्न असफल भएका हुन । सबै द्वोष राजतन्त्रलाई लगाउदै भ्रम फैलाएकै भरमा सत्तामा पुगेका राजनीतिक दलहरुले नयाँ नौलो केही गर्न वा थप्न सकेका छैनन् । राजतन्त्र काललाई पुरानो नेपाल भन्दै नयाँ नेपाल बनाउने संकल्प गरेका दलका नेताहरुले राजतन्त्र कै बराबरी सम्म पनि गर्न नसकेको कुरा उहाँहरुको ३३ बर्षे लामो शासन कालका उपलव्धिहरुले नै प्रष्ट पारीसकेको छ । तीन दशक लामो अवधि सम्म दलहरुले नेपालको शासन सत्ता चलाएर आजको दिन सम्म आईपुग्दा पनि दलहरुले के के राम्रो कामहरु गरेका छन भनी सिला खोज्नु पर्ने अवस्था नेपालमा विद्यमान छ । नेपालमा सक्रिय राजनीतिक दलहरुले राम्रो राम्रो काम गरी नेपाली जनतालाई देखाएर नेपाली जनताको मन जित्न सकेको छैन । दलहरुले चुनावमा नेपाली जनताको सामु गरेका सबै प्रतिज्ञाहरु सत्तामा पुग्ने बित्तिकै भुल्ने गरेकाछन । पाँच बर्षे कार्यकालमा नेपाली जनताको घर दैलोमा एक चोटी मात्रै त्यो पनि चुनाव लड्न र झुट बोल्नको लागि मात्रै पुग्ने गरेका छन। राजतन्त्र कालमा सनातनी वैदिक हिन्दूधर्मले नेपाली जनतालाई एक आपसमा जोडेर राख्ने काम गरेको थियो । त्यो पनि दलहरुको लागि हजम भएन त्यसैले धर्म निरपेक्षताको नीति लागु गरी ईसाई धर्मलाई नेपालमा बढवा दिंदै नेपाल राष्ट्र कै पहिचान बनेको हिन्दूराष्ट्रको मान्यतालाई समाप्त पारेका छन । राजतन्त्र कालमा नेपाल समस्त बिश्वका हिन्दूहरुको आस्थाको केन्द्रविन्दू बनेको थियो ।
नेपालका नेतृत्वमा संसार कै सबै हिन्दूहरु एकजुट भएका थिए । नेपाललाई अझ पनि समस्त बिश्वका हिन्दूहरुले तपोभूमि देवभूमि मान्दै आएका छन । तर नेपालको दुरभाग्य दलका नेताहरुले नेपालको राजकिय सत्ता सम्हाल्न थालेपछि बिदेशीको हस्तक्षेप र पैसाको प्रभावमा परी नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउदै ईसाई धर्मको प्रचार प्रसारमा जोड लगाएका छन । दलका नेताहरुले नेपाललाई जोडेर होइन अलग थलग पारी दलिय शासन व्यवस्थालाई नेपाली जनताले बिरोध गरेपनि जबरजस्ति लाद्ने नीति लिएका छन । राजतन्त्र कालमा सबै नेपाली जातजातीहरुले समान अवसर पाउने गरेका थिए भने दलका नेताहरुले एकल जातिय राज्य स्थापना गर्ने नीति लिएका छन । यस्तो नस्लवादी नीतिको ठिक बिपरित नीति राजतन्त्र कालमा नेपालको राजाहरुले अपनाएको ईतिहास कायम छ । सबै जातजातीलाई समान अवसर दिने नीति राजतन्त्र कालमा नेपालमा प्रचलित थियो । जातजातीहरुको छुट्टाछुट्टै पल्टनहरु बडामहाराज श्री ५ पृथ्बी नरायण शाहले गठन गरेका थिए । नेपालको ईतिहासमा चर्चित रहेको गुरुङ पल्टन,मगर पल्टन, क्षेत्री पल्टन, गुरुजीको पल्टन आदि इत्यादि त्यसैको उदाहरणहरु हुन् ।
संसार बिजेता अंग्रेजको फौजलाई सिन्धुली गढीको युद्धमा हराउने नेपाली सेनाका कमाण्डर पनि गुरुङ नै भएको ईतिहासमा उल्लेख छ । त्यसै गरी कमाण्डर अंगद घलेको कुशल नेतृत्वमा नेपालको प्रभूत्व हाल भारतमा रहेको केदार नाथ मन्दिर क्षेत्र सम्म फैलिएको प्रमाण शिलालेखहरु र ताम्रपत्रहरुमा आज सम्म पनि सुरक्षित छन् । नेपाललाई एकिकरण गरी शक्तिशाली राष्ट्र बनाउने अभियानमा जनजाती देखि दलितहरुको सम्म ठुलो योगदान रहेको चर्चा परिचर्चा आज सम्म पनि नेपालमा दन्तेकथाको रुपमा प्रचलित छन् । दलका नेताहरुले आज आएर राजतन्त्रलाई बदनाम तुल्याउने खालको भ्रान्ति फैलाउने काम गरेको भएता पनि त्यसमा नेपाली जनताले रात्तिभर पनि विश्वास गरेका छैनन् । दलका नेताहरु फटाहा हुन र सबै आआफ्नो स्वार्थहरु पूर्ण गर्नको लागि नेपालको राजनीतिमा लागेका हुन भन्ने कुरा उहाँहरुको बोली र व्यवहारबाटै नेपाली जनताले बुझीसकेका छन । दलका नेताहरुले गोर्खा भर्ती केन्द्र बन्द गर्ने, भूमिसुधार गरी जग्गाको स्वामित्वमा हदबन्दी लगाएर जसको जोत उसको पोत बनाउने, सन् १९५० को नेपाल र भारत बिचको सन्धि खारेज गर्ने, नेपालका राजपरिवारले स्वीटजरलैंडको बैंकहरुमा लगेर राखेको भनिएको नेपालको पैसा फिर्ता ल्याउने जस्ता अनेक शंकल्पहरु पुरा गर्ने कुरा त कता हो कता चर्चामा समेत ल्याउन सकेका छैनन् । उल्टै अहिले आएर दलका नेताहरु माथि नै बिदेशमा पैसा लगेर लुकाएको वा लगानी गरेको आरोपहरु लागेका छन् ।
नेपालमा राजतन्त्रले हालेको औद्योगिक बिकासको जग अहिले दलका नेताहरुले सबै भत्काउने काम गरेका छन । राजतन्त्रले नेपाल राष्ट्रलाई स्वाभिमान आत्मनिर्भर मुलुक बनाएको थियो भने दलका नेताहरुले लिएका बाँदरे नीतिहरुले सोसबै भत्काएर नेपाल राष्ट्रलाई एक परनिर्भर राष्ट्रमा रुपान्तरण गरीसकेका छन । दलहरुले भन्ने गरेको नयाँ नेपाल के आजकै नेपाल हो त जुन देशका नागरिकहरु बिदेशीले फालेको रोटीका टुक्राहरु खाँदै पेट भरी जीवनयापन गर्न बाध्य भएका छन । नेपाल राष्ट्रको आर्थिक जगलाई दलका नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नको लागि दुरुपयोग गरेको हुँदा अनेक स्रोतहरु र साधनहरुले सम्पन्न भएको महान राष्ट्र नेपाल आज एक भिख मंगा देशको रुपमा संसार भर चिनिएको छ । संसारलाई थर्काउने वीर गोर्खालीको राष्ट्रको रुपमा चिनिएको मुलुक नेपाल आज आएर बिदेशमा मानव तस्कर गर्ने मुलुक भनी चिनिन थालेको छ । नेपालको मानव संसाधन बिदेशीले सस्तोमा उपयोग गर्दै आएका छन भने नेपाललाई आफ्नै बिकास परियोजनाहरु सञ्चालन गर्नको लागि पनि महंगो पैसा तिरी बिदेशी श्रमिकहरुको उपयोग गर्नु पर्ने हालत नेपालमा उत्पन्न भएको छ । नेपाली युवा पुस्तालाई वैदेशिक रोजगारीमा पठाएकै कारण नेपालमा कृषी श्रमिकहरु अभाव भएको हुँदा जग्गाजमिन सबै बाँझै बसेकाले नेपालको कृषी क्षेत्र सबै तहस नहस भएका छन । त्यसकारण नेपाली जनता विदेशबाट खाद्यन्न आयात गरी खान बाध्य छन । बिदेशमा पसिना बगाएर कमाएको सबै बिदेशी मुद्राले पनि नेपालको आयात खर्चलाई धान्न सकिरहेको छैन । फलस्वरुप नेपालको आयात खर्च धान्नकै लागि पनि वैदेशिक ऋण लिनै पर्ने अवस्थामा नेपाल राष्ट्रलाई दलहरुले पु¥याएका छन् । यस्ता भष्मासुर दलहरु सत्तामा भएसम्म र रहेसम्म नेपाल राष्ट्रको सुरक्षा अब असंभव बन्दै गएको छ । आगामी दिनमा नेपाल राष्ट्रको र समस्त नेपाली जनताको कस्ट घट्ने होइन झनझन बढेर जाने देखिएको हुँदा नेपाली जनताले सावधानी अपनाउदै आफ्नो सुरक्षा आफैले गर्दै राष्ट्रको रक्षाको निमिक्त पनि सशक्त कदमहरु उठाउनु पर्ने देखिन्छ ।
सबै दोष राजतन्त्रलाई लगाउँदै आएका दलहरुले आफै राजकिय सत्तामा पुगेपछि सुशान र सदाचारियाको नियम पालना गर्न गराउन नसक्दा आज नेपाल राष्ट्र कै अस्तित्व समाप्त पनि हुन सक्ने गरी नेपालमा आर्थिक संकट उत्पन्न हुनको साथै बिदेशीको राजनीतिक चलखेल गर्ने थलोको रुपमा नेपाल राष्ट्र पुगेको छ । यसको समाधान खोज्नको लागि नेपाली जनताले ध्यान दिंदै राजतन्त्रलाई हेर्ने आफ्नो द्रष्टिकोण बदल्नु पर्छ । दलहरुले ३३ बर्ष लामो समयमा पनि पुरा नगरेका संकल्पहरु अब पाँचै बर्षमा पुरा गर्लान भन्ने कुनै भरपर्दो आधार नभएको हुँदा व्यवस्था नै बदल्ने तर्फ नेपाली जनता अग्रसर हुनै पर्ने बाध्यता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *