महालेखाको कर्मचारीको सरुवामा चलखेल

समाचार

काठमाडौं । पछिल्लो समय कर्मचारीका ठालू र हाकिमहरुले कमाउने बिषय बनेको छ सरुवा । नियमित र स्वचालित प्रणालीबाट हुनुपर्ने सरुवामा समेत जसले मोटो रकम बुझाउन सक्छ,तिनैलाई मालदार कार्यालयमा पठाउने रोगले अनामनगरस्थित महालेखा नियन्त्रक कार्यालयलाई पनि नसताइरहन सकेन । महालेखा नियन्त्रक हरि मैनाली,सहसचिव शम्भु मरासिनी र त्यहाँका उपसचिव रविन कोइरालले राम्रै अर्थाेपार्जेन गरेको लेखाको कर्मचारीहरुबीच व्यापक चर्चा छ ।
आर्थिक चलखेलकै कारण कर्मचारी सरुवामा मनपरी गरिएको सरुवामा अन्याय भुक्तमान गरेका कर्मचारीहरुले आरोप लगाएका छन् । महालेखा नियन्त्रकको कार्यालयले गत ७ पुसमा ४७ जना उपसचिव, १ सय १७ जना अधिकृत र दुई सय २५ जना नासु तहका लेखापालहरूको सरुवा गरिँदा मोटो द्रव्य भेटी चढाउने कर्मचारीहरुलाई कर्मचारीकै भाषामा मालदार भनिने कार्यालयमा खटाइएको ती पीडित कर्मचारीहरुको गुनासो छ । महालेखा नियन्त्रकदेखि कर्मचारी संगठनसँग नजिक भएका र हर्ताकर्ताले मालदार भनिने ठाउँमा खटिने जिम्मेवारी पाउँदा सयौंका संख्यामा लेखाका कर्मचारी अन्यायमा परेको उनीहरुको गुनासो छ । सामान्यले प्रशासनका कर्मचारीहरु चलाएझैं महालेखाले लेखाका कर्मचारीहरुको खटन पटन गर्दै आएको छ । देशभर तीन हजार बढी लेखाका कर्मचारी कार्यरत छन् । उनीहरुको नियमित सरुवा गत भदौंमा हुनुपर्ने हो तर निर्वाचन आचारसंहिताका कारण धकेलिएर पुसको पहिलो साता सरुवा गरिँदा सेटिङ कलामा अब्बल केही लेखाका कर्मचारीहरु तीन÷चार महिनामै सरुवामा परेका छन् भने केही चार बर्षदेखि एउटै कार्यालयमा थन्काइएपछि अहिले गुनासो सतहमा आएको छ । उसो त लेखाका कर्मचारीहरुमाथि लाग्दै आएको एउटा आरोप हो उनीहरुले पाएको खण्डमा कात्रोबाट समेत कमिसन खान छाड्दैनन् । तिनै कर्मचारीहरु विशेष गरी सस्पेन्सन वृज,डिभिजन सडक कार्यालय, वानेश्वरस्थित निजामती अस्पताल र अन्य केही अस्पताल,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालादेखि विशेष भवन र भवन कार्यालयहरुमा जानका लागि जोड गरेर सफलता समेत प्राप्त गरेका छन् ।
त्यसैमध्येका एक कर्मचारी हुन लेखनाथ कोइराला,जो एमाले निकट कर्मचारी संगठनका अध्यक्षको भूमिकामा छन् । लेखापाल(सुब्बा) रहुन्जेल शान्ति कोष, सरुवा रोग अस्पताल टेकूजस्ता आकर्षक कार्यालयमा बिताएका कोइरालाले बढुवा भएको एक बर्षमै निजामती अस्पतालमा सरुवा मिलाएका छन् । यस्तै राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरिबहादुर रावलकी पत्नी प्रमीला खनाललाई राहदानी विभागमा पठाउन सफल भएका छन् ।
लेखनाथलेझैं अस्पतालमा आफ्नो सरुवाको सेटिङ मिलाउन सफल अन्य प्रमोद कुमार पोखरेल छन् । उनी भरतपुर अस्पताल पुगेका छन् । भरतपुरलाई सिभलिपछिको मालदार मानिने लेखाका कर्मचारीहरु सुनाउँछन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा शिला खनाल गएकी छिन् । वीर अस्पतालमा तिर्थराज गौतम पुगेका छन् भने स्वास्थ्य सेवा विभाग, टेकुमा लेखा अधिकृत शम्भुप्रसाद ढकाल पुग्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेखा अधिकृत विनोद दाहाल गएका छन् । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लेखा अधिकृत रञ्जना भट्टको सरुवा गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा लेखा अधिकृत तुलसीराम बस्नेत गएका छन् । त्यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा लेखा अधिकृत ढुण्डीराज दाहाल र चिकित्सा शिक्षा आयोग, भक्तपुरमा लेखा अधिकृत रमिला मैनालीलाई पठाइएको छ ।
सहसचिव शम्भु मरासिनीलाई करको तर बुझाउने नयाँ उपसचिवहरू भिम प्रसाद देवकोटा र लेखनाथ रेग्मीलाई आफ्नो हात जगन्नाथ भन्दै सरुवा गर्ने अधिकार प्राप्त गरेका सहसचिव मरासिनीले सरुवा टिमसँग लडाई नै गरेर पुराना कर्मचारीलाईसमेत मागेका नुवाकोट र काभ्रे कोषमा खटाएका छन् ।
अस्पताल पछि लेखाका कर्मचारी जान मरिहत्ते गर्ने अड्डा हो सस्पेन्सन वृज । त्यहाँ ललितपुर डिभिजनमा महालेखा परीक्षकको कर्मचारी प्रशासन शाखाका श्रीराम शर्मा गएका छन् त्यस्तै कर्मचारी संगठनका नेता समेत रहेका लेखा अधिकृत नवराज भट्टराईले डिभिजन सडक कार्यालय, भक्तपुरमा पुगेका छन् । यसपटकको सरुवामा लेखापालहरू शम्भु दाहाल, लेखराज भट्ट, रमेश घिमिरे, दयालक्ष्मी निरौला, रामशरण त्रिपाठी, कृष्णप्रसाद ढुङ्गाना, पारसमणि न्यौपाने, चन्द्राकुमारी विष्ट, राजेन्द्र बहादुर खत्री नवराज रेग्मी, मनीषा ओझा, हिमाल पौड्यालको सरुवालाई शंकास्पद् मानिएको छ । यता चुणामणी शर्माका भाइ यज्ञ प्रसाद ढकाललाई काठमाडौँ उपत्यका भित्रको नम्बर वान मानिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पठाइएको छ ।
यस्तै लेखा अधिकृतहरू रामकृष्ण घिमिरे, केशव बराल, विवश राज घिमिरे, टिकाराम शर्मा, अनिता थापा, पुष्कर निरौला, सुभास कोइराला र मुक्ति रमण पराजुलीहरु पटक पटक कमाऊ अड्डामा पठाइएको भन्दै लेखाका कर्मचारी चिढिएका छन् । एक दर्जन भन्दा बढीले निवेदन हालेको बबई सिचाई आयोजनामा माओवादी राजनीति गर्ने उपसचिव वसन्त राज सिग्देल गएका छन् । उनी जनार्दन शर्माको बलमा त्यहाँ पुगेका कर्मचारी सुनाउँछन् । लेखा उपसचिका लागि मालादार अड्डाका रुपमा परिचित सडक विभागमा कप्रमा बसेका उपसचिव आफै सरुवा भएर गएजस्तै सस्पेन्सन वृजमा कप्रका अधिकृत शर्मा गएका छन् । विभागमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको निजी सचिवालयमा कार्यरत कृष्ण बहादुर केसी खत्री जान सफल भएका छन् । अर्काे मालदार मानिएको ललितपुर कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानका लागि २० औं जनाले आवेदन दिएकामा त्यहाँ महालेखाकै कर्मचारी रविन कोइरालाको सेटिगमा कालीकोटका गोरखबहादुर शाहीलाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *