उपेन्द्र यादवको दबाबमा अशोक राई

राजनीति समाचार

काठमाडौं । मधेसका मसिहा अर्थात असफल सत्ता संरक्षक उपेन्द्र यादव यसपटक सीके राउतसँग हार्दा छटपटिएका छन् । यादवकै कारण अशोक राई जसपाको संसदीय दलको नेता बन्न पाएनन् । रामसहायप्रसाद यादवलाई संसदीय दलको नेता बनाउनु भनेको उपेन्द्रले अशोक राईलाई दबाबमा गराउनु हो ।

राजनीतिमा उपेन्द्रभन्दा वरिष्ठ भएपनि अशोकले तत्कालीन फोरमसँग पार्टी एकता गरेर पार्टीको नाम संघीय समाजवादी फोरम राखेका थिए । अशोक राईको समाजवादीसँग जोडिएको उपेन्द्रको पार्टी रातारात फुट्ने भएपछि लोसपासँग एकता गरेर जसपा बनाइएको थियो । जसपा एमालेको सत्ता समर्थन र विरोधकै कारण फुट्यो ।

मधेसका राजेन्द्र महतो, महन्थ ठाकुर, उपेन्द्र यादवजस्ता नेतालाई जनमत पार्टीको नेता डा.सीके राउतले हायलकायल बनाए । त्यहीकारण उपेन्द्र यादव जसरी पनि संसदमा प्रवेश गर्ने र संसदीय दल योजनामा छन् । जसपाको नेतृत्वमा मधेश प्रदेशको सरकारको नेतृत्व गर्दा भ्रष्टाचार उच्च भएको थियो । लालबाबु राउत मुख्यमन्त्री त भए, तर उनीपनि भ्रष्टाचारमा मुछिए । मधेसमै मिटरब्याज, साहुकरको बिगबिगी बढेको छ । मधेसका पार्टीले कुनै पनि विकृति हटाउन सकेनन् ।

छोरी मार्ने, बुहारी मार्ने, दाइजो प्रथालाई प्रश्रय दिने मधेसमै बढी छन् । सत्तामा नपुग्दासम्म ठूला क्रान्तिकारी गफ गर्नेहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेकै कारण उपेन्द्र र राजेन्द्रजस्ता नेताहरुले चुनावमा हार खानुपरेको छ । तर उनीहरु नै सुतरमूर्गजस्तो सत्तामा पुग्ने प्वाल मात्र खोज्दैछन् । आफ्नो लागि जे पनि गर्ने नेता भएकाले प्रचण्ड सरकारको सत्ताकालमा पनि केही नयाँ आशा गर्न सकिने अवस्था छैन । जसपा तत्काल सरकारमा जान तयार पनि छैन । (तामाकोशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *