यस्तो छ सत्ता समीकरण

राजनीति समाचार

काठमाडौं । सरकारले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन नेतृत्व सरकार विस्तारमा लागेको छ । गठबन्धनका नेताहरु बिचमा मन्त्रालय भागवण्डा मिलेपछि एमालेले आफ्नो भागमा परेको राष्ट्रपति र सभामुखको छनौट गर्नेछ । उपराष्ट्रपति र उपसभामुख राप्रपा र जसपा कसको भागमा पर्छ त्यो गठबन्धनले निर्णय गर्ला ।

कांग्रेसले सरकार अस्थिर बनाउन राप्रपा, रास्वपा र जसपा मात्र होइन, लोसपाको साथ लिने बेतुकको प्रचार ग¥यो । एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको मात्र होइन, भारतको चलखेलसमेत भण्डाफोर गरे । उता एमालेमा राष्ट्रपति र सभामुखको लागि अध्यक्ष केपी ओलीले छनौट गर्न लागिपरेका छन् । सभामुखमा पृथ्वी सुब्बा र राष्ट्रपतिमा सुवास नेम्वाङको नाम चर्चामा छ ।

यी दुबै जना युरोपेली युनियनको सहयोगमा चलेका हुन् भनिन्छ । सभामुखमा छविलाल विकको सम्भावना छ भने राष्ट्रपतिमा डोरमणि पौडेलको पनि चर्चा छ । निर्वाचनमा पराजय भोगेका ईश्वर पोखरेलको पनि चर्चा छ । उता, डोरमणि पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको निकट मानिन्छन् ।

पौडेलले चिनियाँ कार्ड खेल्ने सम्भावना पनि देखिन्छ । दुई पटक महासचिव हुँदा अध्यक्षलाई साथ दिएको कारणले ईश्वर राष्ट्रपति बन्ने अवस्था पनि थियो । तर राष्ट्रपतिसँग सेना जोडिने भएकाले सेनासँग पोखरेलको लिगेसी मिल्दैन । एमालेमा अवसर खोज्ने नेतामा पोखरेल पनि एक हुन् । (तामाकोशी सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *