विमान दुर्घटनापछि यतीकोे आज सबै उडान रद्द

विविध समाचार

काठमाडौं । यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर–७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो ।

नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ । पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *