अधिकांश नेपालीे हवाई सेवाप्रति विश्वास गुमाउँदै

विविध समाचार

काठमाडौं । नेपालमा हवाई क्षेत्रलाई विश्वास र भरपर्दाे सेवा भन्दै आएतापनि यतिखेर आम नेपाली जनताले सो क्षेत्रलाई विश्वास गर्न छाडेका छन् । यतिखेर अधिकांश नेपालीहरु प्लेन चडेर नेपालको विभिन्न भू–भागमा ओहोर–दोहोर गर्नपनि समस्या हुने भयो भनेर चर्चाको विषय बनाएका छन् ।

अधिकांश प्लेनहरु प्राविधिक कारणबस् या मौसमीको खराबले गर्दा दुर्घटना हुने गरेको थियो । तर यसपाली भने त्यो दुर्घटनामा धेरै व्यक्तिहरुले ज्यान गुमाएका छन् । एयरलाइन्स कम्पनीहरुले पनि ठुलो मात्रामा क्षति व्यहोर्दै आएका छन् । तर, यतिखेर सबै नेपालीकोे चासो र चर्चाको विषय भएको छ यती एयरलाइन्स ।

किनकी हिजो आइतबार माघेसंक्रान्तीको दिन काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएर ७२ जनाले ज्यान गुमाएका छन् । यसरी दुर्घटना परि ज्यान गुमाउनेमा नेपालीदेखि विदेशीसम्म रहेका छन् ।

विमान दुर्घटनाले मानवीय क्षति भएको छ । कतिपय नेपालीहरु यस दुःखद् दुर्घटनालाई नियालिएर हेरिरहेका छन् । र, आगामी दिनमा यस्तो कहिलेपनि नहोस् भन्दै नेपालीहरुले भग्वानसँग पुकार पनि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *