उपाय नलागेपछि तनावमा चन्द समूह

राजनीति समाचार

काठमाडौं । अधुरो जनयुद्ध सफल पार्न जंगलमा हतियार तालिम गरेर जनता तर्साउँदा उल्टै प्रतिरोध भएपछि छिन्नभिन्न भएको नेकपा चन्द अन्तत संसदीय चुनावमा जाने भएका छन् । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०८४ साल मङ्सिरमा सम्पन्न हुने चुनावमा भाग लिने निर्णय गरेको छ । माओवादीलाई कमजोर बनाउन युरोपेली युनियनको डलर हजाम गर्दै आफू चाहि“ क्रान्तिकारी, प्रचण्ड बाबुराम संशोधनवादी बन्दै हिँडेको यो शक्ति संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेको थियो ।

मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, खड्ग विक, हेमन्त ओली, देव गुरुङ, पम्फा भुसाल, रामबहादुर थापाहरूको समूहले प्रचण्ड नेतृत्वसँग गरेको विद्रोह वर्षदिन पनि टिकेन । गत मंसिर ८ मा चन्दले वैद्यसँग विद्रोह गरे । २०७४ मा थापा र गुरुङहरु मात्र थिएनन्, डा बाबुरामको पछि लागेको टोली पनि नयाँ शक्ति भित्रको आर्थिक विचलनबाट पुरानै घर फर्कियो । २०७४ को चुनावमा टिकट लिएर चुनाव जित्यो, जो पराजय भए ती पार्टी सत्तामा रमाए ।

अहिले वैद्य र चन्दसँग औँलामा गनिएका नेता छन् । जो आफ्नै घर गाउँको वडामा निर्वाचित हुन सक्दैनन् । आतंक मच्चाउन नसक्दा थलिँदै जाँदा वैद्य चन्द पार्टीका कार्यकर्ता निस्क्रिय भए । अधिकांश पुरानै घर फर्केका छन् । वैद्यको पार्टी मोहन विक्रमको हालतमा पुगेको छ भने चन्दले २०८४ मा विचार मिल्नेसँग चुनावी मोर्चा बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *