काठमाडौं । कांग्रेसका गफाडी नेता गगन थापा अब जहाँ गयो त्यहाँ घेरिँदै छन् । कांग्रेसको गण्डकी प्रदेश समितिले आयोजना गरेको प्रशिक्षणमा प्रमुख अतिथि बनेर गएका गगनलाई सहकारी पीडितहरुले घेराउ गरेका थिए । रवि लामिछानेको विरुद्ध संसदमा कुर्लने गगन लाई सहकारी पीडितहरूले घेराउ गरेका हुन् ।
किसानको पैसा हजम गर्न सफल गगन थापा सहकारी पीडितका विषयमा बोल्न छाडेका छन् । कांग्रेसका धनराज र एमालेका ऋषिकेश पोखरेल नेताकै रुपमा छन् । दुबै नेताले १४ करोड ५० लाख रकम हिनामिना गरेका छन् । गृहले पनि उनीहरूलाई जोगाएको छ । महामन्त्री थापाको क्रेज घट्दो छ । यी थापाले सरकारको प्रशासनिक सिन्डिकेटको समेत विरोध गर्न छाडेका छन् । कांग्रेसभित्रको लडाईमा गगनगुटको उदय आज भएको होइन । यो गुट गफाडीको रुपमा स्थापित हुँदैछ ।