रावल पन्छिँदा ओलीलाई हाइसन्चो

राजनीति समाचार

काठमाडौं । घमण्डले राजनीति डुब्छ । सद्भाव सहकार्यको बाटो समाउन सके सबैसँग सम्बन्ध रहन्छ । तर नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीबाट त्यो अपेक्षा भएन । साना दलहरुलाई मिलाउन दल नै लाग्नुपर्छ । प्रधानमन्त्री ओली वामपन्थी सहकार्य तोड्दै आफू बच्ने र अरुलाई सिध्याउने दाउमा छन् । दल विभाजन अध्यादेश कांग्रेसले स्वीकारेको थियो भने नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीहरु कोही फुट्ने, कोही नेकपा एमालेमा सामेल हुन्थे ।

अध्यक्ष ओलीलाई पार्टीमा प्रश्न गर्नेहरू अब पार्टीबाट निष्कासित भइसके । माधव नेपाललाई पार्टी फुटाउन उचाल्ने तैंचुपमैचुप छन् । एमाले समाजवाद उन्मुख बन्नुपर्छ भन्ने योगेश र गोकर्ण, सूर्य थापाहरूको ओली मोह कम भएन । पदीय आधारमा उनीहरू पार्टी सचिव छन् । तर संसद भित्र बहस र बाध्यतामा ओलीका लागि थापाको जति विश्वास छ, त्यो विश्वास गोकर्ण र योगेशमा नहुन सक्छ ।

एमालेले दिएको जिम्मेवारी पूरा नगर्ने डा. भिम रावल सधैँका लागि पन्छिँदा केपी ओलीको विचारले एमालेमा कुन रूप लेला कुर्नुपर्ला । तर विषयगत बहस बिनाको नेकपा एमालेमा विद्याको प्रसङ्ग चल्दा असर पर्ने केपी ओलीलाई हो भन्ने बुझ्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *