काठमाडौं । आर्थिक उन्नतिका लागि सहकारी र निजी क्षेत्रबीचको सम्बन्धलाई नसुधारेसम्म देशको अर्थतन्त्र बलियो हुँदैन भन्ने नेपाली कांग्रेस नै ती खम्बा ढालेर केवल स्वार्थको खेतीमा जुटेको छ । त्यो खेती पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठले गरेका छन् । यसमा संसदको राज्य व्यवस्था तथा सुशासन समिति र ऊर्जा मन्त्री प्रयोग भएको छ ।
विवादित पात्र र प्रवृत्तिलाई बोकेर आफैं विवादित परराष्ट्रमन्त्री डा. आरजु पार्टीको १५औं महाधिवेशन खर्चको जोहो गर्दैछन् । ठूला ठेक्कापट्टा कब्जामा लिने धन्दा सफल बनाउन अख्तियारको ऐन कमजोर बनाउनु यो समूहको दायित्व बन्दैछ । यो समुहको निदहराम भएको राष्ट्रपति रामचन्द्र पौडेल पक्षधर सांसद हृदयराम थानी नेतृत्वको उपसमिति रिपोर्ट हो ।
डा.आरजुको टोली जलस्रोतमा नजर लगाउने नेता हुन् । ऊर्जामन्त्री दीपक खड्काको नजर त्यसैमा छ । किमाथाङ्का, अरुण, कर्णाली आयोजनाका बिचौलिया दीपक भट्टले सघाएका छन् । कांग्रेस सांसद विनोद चौधरी पनि त्यहाँ जोडिएका छन् । उमेश र अनिल शर्मा त डा.आरजुकै हुन् जहाँ निजी क्षेत्रलाई अगाडि बढाएर दरिलो पैसाको खेल हुँदैछ ।