मलेसियाको जनसंख्यामा एक प्रतिशतले सुस्त वृद्वि

समाचार

काठमाडौं । मलेसियाको तथ्याङ्क विभागले कुल जनसंख्या ३४ दशमलव २ मिलियन पुगेको जनाएको छ । जसमा एक दशमलव तीन प्रतिशतले सुस्त वृद्धि भएकोले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको उल्लेख गर्दै तथ्याङ्क सार्वजनिक गरेको हो ।

कुल जनसंख्यामा ३० दशमलव आठ मिलियन (९० दशमलव एक प्रतिशत) नागरिक र ३४ मिलियन (९ दशमलव ९ प्रतिशत) गैर–नागरिकहरू रहेका छन् । पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७ दशमलव सात मिलियनबाट बढेर १८ मिलियन पुगेको छ । जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६ दशमलव दुई मिलियन पुगेको छ । चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८ दशमलव एक प्रतिशत थिए । जुन एक वर्ष अघिको ५८ प्रतिशतबाट थोरै बढेको थियो । सोही अवधिमा भारतीयहरूको संख्या ६ दशमलव ६ प्रतिशतबाट घटेर ६ दशममलव ५ प्रतिशतमा झरेको छ भने चिनियाँहरूको संख्या २२ दशमलव चार प्रतिशतमा अपरिवर्तित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *