आईसीसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

समाचार

काठमाडौं । पाकिस्तानमा आजदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्‍वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता तथा आयोजक पाकिस्तान र न्युजिल्यान्ड खेल्दै छन् । खेल दिउँसो पौने ३ बजेदेखि नेशनल स्टेडियम कराँचीमा सुरू हुनेछ । दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् । पछिल्लो पटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *