प्रेस चौतारीमा भद्रगोल

राजनीति समाचार

काठमाडौं । यतिबेला नेपालका सञ्चार माध्यमहरु दिनप्रतिदिन जोखिममा गर्दै गएका छन् । सञ्चार माध्यमहरु जोखिममा परेसँगै पत्रकारहरु पेशाबाट पलायन हुने स्थिति सिर्जना भएको छ । पत्रकारहरुको हकहितको लागि विभिन्न दलनिक पत्रकारहरुको संघ÷संगठन खडा गरिएको छ । ती संघसंगठनका नेताहरु भने पत्रकारहरुको हकहितमा काम नगरेर व्यक्ति फाइदाको लागि आ–आफ्नो पार्टी र नेताहरुको चाकडीमा लागेका छन् । जब पत्रकारको हकहितमा खोलिएका संघ, संगठनको अधिवेशन नजिकिन्छ अनि ती संघसंगठनका नेताहरु पार्टीको पुच्छर बनेर आयस्रोत बटुल्न लाग्छ ।

तर, पत्रकारहरुको समस्याको बारेमा एजेन्डा बनाएर आवाज उठानुको सट्टा सरकारले सञ्चार माध्यमलाई अंकुश लगाउन सामाजिक सञ्चालको नाममा ल्याएको विधेयकको वकालत गर्दै संगठनयका नेताहरु हिड्ने गरेका छन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन सकिएसँगै दलनिकट पत्रकारका संगसंगठनहरु अधिवेशनतिर केन्द्रित भएका छन् । समाजवादी प्रेस संगठनले गत आइतरवार राष्ट्रिय भेलाको आयोजना गरेको थियो । त्यसैगरी एमाले निकट प्रेस चौतारी नेपालले यही फागुन २५ देखि २७ गते विराटनगरमा अधिवेशन सम्पन्न गर्दै छ । सो अधिवेशनमा नेतृत्व हत्याउनको लागि चौतारीका नेताहरु दौडधूपमा लागेका छन् ।

त्यसमा पनि नेतैपिच्छे गुटउपगुट खडा गरेर लागिपरेका छन् । चौतारीको नयाँ नेतृत्व हत्याउन अध्यक्षको लागि मावध नेपाल, राजेश राई, गणेश पाण्डे, हिरामान लामा, विश्वमणि सुवेदी, लोगसरी कुँवरलगायतका नेताहरु सेटिङमा जुटेका छन् । त्यसमा अध्यक्ष गणेश बस्नेत र समाजवादी प्रेस संगठनको अध्यक्ष त्यागेर आएका विश्वमणि सुवेदी संगठनलाई आफ्नो पक्षमा पार्नको लागि देश दौडाहामा निस्किएका छन् । देश दौडामा निस्किए तापनि पत्रकारहरुको एजेण्डमा कुनै आवाज उठाउन सकेको पाइँदैन ।

यतिबेला नेपालका पत्रकारहरु जोखिममा परेसँगै विश्वका पत्रकारहरु आर्थिक, सामाजिक र राजनीतिक रुपले जोखिममा पर्दै गएका छन् । समाचार लेखेकै भरमा पत्रकारहरुले सास्ती भोग्नुपरिरहेको छ । राज्यका निकायबाट हुने भ्रष्टाचार, विकृति र विसंगतिका समाचार सम्प्रेषण गरेबापत पत्रकारहरुको ज्यानसमेत जोखिममा पर्ने गरेका घटनाहरु थुप्रै छन् । तर, पत्रकारका नेताहरुले यस्ता समस्याको बारेमा कुनै आवाज उठाउन सकेका छैनन् । बरु उल्टै संगठनको आडमा तिनै माफिया र तस्करहरुसँग मिलेमतो गरी फाइदा उठाउने काम गरिरहेका छन् । उता, दलनिकट पत्रकारका संघसंगठन चलाउन राज्यले रकम पनि छुट्ट्याएको हुन्छ ।

त्योसँगै उद्योगी, व्यवसायीहरुदेखि विभिन्न संघसंस्थाबाट पनि सहयोग सहयोग मान्ने गरिन्छ । त्यसैगरी संगठनको साधारण सदस्य लिएबापत लेबी उठाउने गरिन्छ । उता, संगठनको पदाधिकारी बन्नेहरुसँग रकम उठाउने गरिन्छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर चौतारीमा अध्यक्षका आकांक्षी धेरै भएको कारण तिनीहरुबीचमा खेलेर हालका अध्यक्ष गणेश बस्नेत आफैले तेस्रो कार्यकालको नेतृत्व हात नपार्लान् भन्न सकिँदैन । उता महासचिवको लागि हरिबल्लभ नेपाल, रामकुमार एलेन, सुरोजंग पाण्डे, नरेश भण्डारी, विष्णु तारुके र हालका कोषाध्यक्ष इन्द्र आचार्यलगायतको नाममा चर्चामा छ । तर, विष्णु तारुके भने महासचिव बन्न साम, दामसहित लागिपरेका छन् । माथि उल्लेखित नाममध्येबाट कसले बढी खर्च गर्न सक्छन् उनै महासचिव बन्ने देखिन्छ ।

तर, लेगसरी कुँवरले ठूला नेता सामु अध्यक्षको दावी गरिरहँदा उनैलाई महासचिव बनाउने सम्भावना पनि त्यत्तिकै छ । त्यसैगरी गणेश बस्ने अध्यक्ष भएको खण्डमा अध्यक्षमा दावी गरिरहेका राजेश राई, हिरामान लामा र गणेश पाण्डे उपाध्यक्षमा बस्ने सम्भावना त्यत्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *