काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको लागि ट्रम्प निर्वाचित भएपछि विश्वका केही देशहरु सशंकित बनेका छन् । अमेरिकले केही देशहरुलाई दिँदै आएको आर्थिक सहयोग राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि रोकिदिएका छन् । आर्थिक सयोग रोकिदिएसँगै कतिपय मुलुकबाट अवैध बाटोहुँदै अमेरिका छिरेर बसोवास गर्दै आएका आप्रवासीहरुलाई पनि आ–आफ्नो देश फर्काउने काम गरिरहेका छन् । त्यसमा नेपाल पनि अछुतो रहेन । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग पनि कटौती गर्ने सम्भावना त्यत्तिकै छ ।
त्यसैगरी मोटोर रकम असुलेर विभिन्न अवैध बाटो प्रयोग गरी नेपालीलाई अमेरिका पठाउने मानव तस्करहरुको पनि ओठतालु सुक्न थालेको छ । कतिपय अवैध बाटो प्रयोग गरेर अमेरिका छिरेका नेपालीहरुलाई स्वदेश फर्काउने काम पनि राष्ट्रपति ट्रम्पले गर्न थालेका छन् । उता नेपालमा खोलिएका विभिन्न आइएनजिओ मार्फत् अमेरिकाले नेपालका विभिन्न संघसंस्थाको लागि दिने सहयोग पनि रोकिने सम्भावना त्यत्तिकै छ । खासगरी अमेरिकाले शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रलाई बढी मात्रामा सहयोग गर्दै आएको थियो । पत्रकारको नाममा नेपाल पत्रकार महासंघलाई आउने सहयोग पनि रोकिने भएको छ ।
अमेरिकाबाट पाउने मोटो रकम सहयोग रोकिने भएपछि पत्रकार महासंघका पदाधिकारीहरुको रुवासी सुरु भएको छ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा एनजीओ, आईएनओकर्मीहरुको बाहुल्यता भएता पनि अमेरिकाको सहयोग रोकिने भएपछि पदाधिकारीबीच चिन्ता व्यक्त हुन थालेको छ । त्यसको उदाहरण लिनसकिन्छ पूर्वाअध्यक्षहरु सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, महेन्द्र विष्ट, गोविन्द आचार्य र विपुल पोखरेललाई । यिनीहरुले अमेरिकालगायत विभिन्न देशबाट पत्रकार महासंघको नाममा आउने सहयोगमा विदेश घुम्ने र आर्थिक लाभ लिने गरेका थिए । महासंघका पूर्वअध्यक्षहरुको घर जग्गा जोड्नेदेखि विदेशमा छोराछोरी पढाउने र आफू राजनीतिक नियुक्ति खानेसम्मको धन्दा फस्टाइरहेको छ ।
महासंघको अध्यक्ष भइसकेपछि उनीहरुले विभिन्न दलबाट राजनीतिक नियुक्ति पाउने गर्दछन् । राजनीतिक नियुक्ति नपाउनेहरुले राजनीतिक दलको आडमा कमाइखाने संस्था खडा गरेर विदेशी सहयोग लिइरहेका छन् । त्यसको गतिलो उदाहरण तारानाथ दाहाल बनेका छन् । दाहालले महासंघको अध्यक्षबाट बाहिरिएपछि फिरिडम फोरम नामक संस्था खडा गरेर पत्रकारको नाममा अमेरिकालगायत विभिन्न देशबाट सहयोग लिँदै आएका थिए । त्यसैगरी पूर्व अध्यक्ष सुरेश आचार्यले कांग्रेसको कोटाबाट सूचना आयोगमा राजनीतिक नियुक्ति पाएका छन् । उता डा. महेन्द्र विष्टलाई सरकारले सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्षमा नियुक्ति गरेको छ । त्यस्तै पूर्व अध्यक्ष धर्मेन्द्र झा राष्ट्रिय समाचार समितिको अध्यक्षमा कांग्रेसयको तर्फबाट नियुक्ति खाइरहेका छन् ।
महासंघको अध्यक्ष भएपछि विदेशी सहयोगसँगै आ–आफ्नो पार्टीबाट विभिन्न लाभका पदहरु हात पार्ने गरेका छन् । राजनीतिक पार्टीहरुले पनि तिनै व्यक्तिहरुलाई घुमाइफिराई विभिन्न राजनीतिक नियुक्तिको अवसर दिने गरेका छन् । तर, पत्रकार महासंघ र पेशाप्रति मरिमेटेर लाग्ने सदस्यहरु भने सधैं ओझेलमा पर्ने गरेका छन् । त्यसकारण नेपाल पत्रकार महासंघको अध्यक्ष बन्नको लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग हुँदै आएको छ । वर्तमान अध्यक्ष निर्मला शर्माले पनि ठूलो शक्तिकेन्द्रको आशिर्वाद पाएकी थिइन् । शर्मा जुन उत्साह र उद्देश्यले महासंघको अध्यक्ष बनेकी थिइन् त्यो सफल हुनेनहुने एकिन छैन ।
शर्मा एनजिओ, आइएनजीओमा पोख्त भएकोले पत्रकार महासंघको आडमा राम्रै खेती फास्टाउने आशा उनको थियो । अमेरिकामा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी सहयोग रोकिने भएको छ । त्यसले गर्दा शर्मा र उनलाई अध्यक्ष बनाउन लागिपर्ने व्यक्तिहरुको सपना चकनाचुर हुने देखिन्छ । यस्ता उद्देश्य राखेर नेपाल पत्रकार महासंघमा अध्यक्ष र पदाधिकारी बन्ने व्यक्तिले कसरी गर्छन् पत्रकारहरुको हकहितमा काम ।
यसपालिको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी मिलेर गरेर निर्वाचनमा होमिइँदा कार्यसमितिको सबैजसो पदाधिकारीमा गठबन्धनले जित हासिल गर्दा कोषध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीले जितेका छन् । कोषाध्यक्षमा अधिकारी निर्वाचित भएपछि युनियन र चौतारीबाट निर्वाचित पदाधिकारीहरुको आर्थिक हिनामिना गर्न नपाउने भएपछि सात्तो गएको छ ।