कार्की आयोगका प्रतिवेदनमै डर

राजनीति राेजगार वित्त विविध समाचार

काठमाडौं । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर दुई तिहाईको वालेन्द्र सरकारले रास्वपासँग जोडिएका अराजकहरुलई छाडा छाडेकै छ । सरकारसँग जोडिएका दर्जनौँ पात्रहरु जेनजी आन्दोलनका नाममा अराजक र विध्वसंकारी भएकलो कार्की आयोगको प्रतिवेदन लुकाएको हो ।

जेनजीको नाममा सत्ता कब्जा गरेका पात्रहरु मन्त्री पदमा भएपनि पदीय गरिमा जोगाउन नसक्ने भएका छन् । सञ्चारमन्त्री विक्रम तिमल्सिना, पूर्वाधारमन्त्री सुनिल लम्साल, शिक्षामन्त्री सस्मित पोख्रेल, गृह मन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री गणेश पौडेलको फण्डामा केही अनुहार थपिएका छन् । तीनै मध्येका हुन् खगेन्द्र सुधार, केपी ढकाल, आशिका तामाङ्ग र ज्वाला संग्रौलाहरुको प्रस्तुती । प्रम बालेनका विश्वासी राजु पाण्डेको हैकम पनि यहाँ चर्चामा छ । वडास्तरको कार्यकर्ता बनेर जनतासँग सम्बन्ध राख्न नसक्नेहरुबाट देशको प्रशासनिक क्षेत्र चल्छ कसरी ?

आरोपको प्रमाण पुष्टि नगरी जेनजी आन्दोलनका मूल पात्र भन्दै केपी ओली, रमेश लेखक पक्राउ गर्दा सत्ताको रापताप थियो । तर उनीहरु अदालतबाट नै मुक्त भए । अहिले पनि सरकार कार्की आयोगको नाउ लिन सक्दैन । राष्ट्रिय मानव अधिकार आयोगको उपचार गर्न सक्दैन ।

पत्रकार किशोर श्रेष्ठलाई र राजनीतिक विश्लेषक भरत दाहाललाई मेडिकल व्यवसायी दुर्गा प्रसाईको जस्तो प्रस्तुतीको आरोपमा समाउन सकिँदैन । एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर १५ दिनसम्म थुन्दा पनि कानुनी खोट नहुँदा छोडनुप¥यो ।

सरकारले मधेशको धार्मिक हिंसा भड्काउन लाग्दा दलीय सद्भाव प्रदर्शन गर्दै पूराना दलहरुले विवाद साम्य पारेके हुन् । काम देखाउन खोजेर आफ्नो ढँग पुग्दैन भने हात हाल्नु हुँदैन । तर प्रधानमन्त्रीका सल्लाहकारहरु नै दक्ष, अनुभवी र योग्य नहुँदा आफ्नै पदको गरिमामाथि प्रश्न उठ्न थालेको पत्तो नपाएका हुन् । पूर्व प्रधानन्यायाधिश चोलेन्द्रको पक्राउले न्यायलयलाई धम्क्याएको मात्र हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *