काठमाडौं । संस्थापन पक्षले दुई दिन परसारेर पनि मिल्छन् र आउँछन् भने सम्मान स्वरुप शेरबहादुरदेखि कृष्णप्रसाद सटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइरालासम्मलाई स्थान दिने प्रस्ताव गर्दा लत्याएको कोदे कांग्रेसी समूहको अब विजोग भएको छ । यो समूहलाई कार्यकर्ताले त्यागेको भए पनि वालेन्द्र सरकारको अल्गोरिदमले प्रचारमा साथ दिने अवस्था छ ।
डा. शशांक कोइराला, शेरबहादुर देउवा, डा. प्रकाश शरण महत र कृष्ण सिटौलालाई कोदे कांग्रेस भन्न थालिएको छ । यहाँ प्रकाश मान सिंहलाई जोडीएको छैन । ५ हजार बढी पार्टीमा सक्रिय र जनताको पत्याको संस्थापनहरुको पछाडि लागेका छन् । जनताले पत्याएका चुनाव जितेका प्रदेश, क्षेत्र र जिल्लातिर जोडीएका छन् । यी टोली७ हजार ५ सय महाधिवेशन प्रतिनिधि बनेर आएका छन् ।
नगर र पालिका स्तरमा क्रियाशील सदस्यता नपाएका गगन समूह छाडेका छैनन् । कांग्रेस एकजुट गराउन खटेका डा. शेखर कोइरालाको साथमा रहेका नेता, कार्यकर्ता सबै युवा जमातको साथमा गएको छ । जिल्लामा सक्रिय भएका अनुहारहरु कार्यकर्तासँग जोडिएका होइनन् । सत्तामा हुँदा घुस बाटुल्ने र विदेश घुम्नेहरुलाई भने यो विभाजन कमाइको अवसर हुँदैछ ।

