काठमाडौं । सरकारले भोटेकोशी बाढीको संकटका बेला फैलाएको हातमा दाताले दिएको रु १५ अर्ब रकममध्ये ९० प्रतिशत हेलिकप्टर सहेयरमा स्वाहा भएको छ । गृहमन्त्रालयले त्यो बेला २१ वटा हेलिकप्टर कम्पनीलाई नियन्त्रण गरेर सरकारी उद्दार र राहातमा सघाउन आग्रह गरे तापनि घण्टाको ३ लाख ५० हजार भाडा लिने कम्पनीहरुले राष्ट्रिय विपद्को बेला राज्यलाई भाडामा छुट दिएको पाइएन । गृहसचिवले रु १३ अर्ब त हेलिकम्पटर चार्टरमा सकिएको बताएपछि सरकारका मन्त्री र सत्तापक्षीय सांसदहरुको घुमफिर राम्रैसँग जमेको छ भन्नेस्पष्ट भयो ।
सरकारले कुन हेलिकोप्टरले कति उडन गरे त्यो उडानको उपलब्धि के भयो ? त्यसको विवरण गृहले लुकाएको छ । रसुवा, नुवाकोट र धादिङको त्यो पीडा कतिलाई घुमफिर गर्ने र कतिलाई फेसबुकमा रमाउने बाटो भयो । उद्दारका लागि खटेका सेना, प्रहरी, शसस्त्र प्रहरी सांसद तथा इन्जिनियरहरुको खटाईको समेत सम्मान भएन । रास्वपाका प्राविधिक सांसद सागर ढकाल र श्रीराम न्यौपाने विरुद्ध त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय नविन ढुँगानाले उकेरा डटकम न्यूजपोर्टलमा समाचार लेखाएका थिए ।
बरु सांसद पद छाड्ने सुरुङमा फसेका कर्मचारी र कामदारको उद्दार नछाड्ने घोषणा श्रीरामले प्रधानमन्त्री र पार्टी सभापति समक्ष राखेपछि अर्थमन्त्रीको फण्डा थन्केको थियो । पुननिर्माणका काम बाँकी ६ वेपत्ताको खोजी परिवारका दायित्वमा सरकारले छाडेको छ । स्कूल, अस्पताल, सडक र पुल बन्नु छ । जनजीवनमा सुधार छैन । तर दाताको सहयोग सकियो । धन्य छ, जान्नेलाई छान्नेहरुलाई ।

