काठमाण्डौ । फुलबुट्टा भरेर पार्टी एकता भएको थियो । जोशमा होस नहुँदा नेकपा एमालेले महाधिवेशनमा विधान महाधिवेशनले पारित गरेको विधान उल्ट्यायो । र उल्टाएजस्तै भयो । नेकपाका संयोजक प्रचड र सहसंयोजक माधवलाई झलनाथ खनाल, भीम रावल, वामदेव गोतम, नारायणकाजी श्रेष्ठहरु वारीयतामा संयोजक सहसयोजक सरह भएपनि भोलीको स्टाटस खोज्दै छन् ।
खनालको गृहजील्लामै राजनीति कमजोर छ । नारायणकाजीको गृहजिल्ला को घरातल त्यस्तै छ । आफ्नो वास्तविकता नबुझ्नेहरु दुवैतिर छन् । बामदेव सांसद नहुने तर नेपालका कम्युुनिष्टहरुलाई गोलबन्द गर्ने भन्दै छन् । डा भिम रावलको भरोसामा माधव नेपाल छन् । पार्टी एकता प्रक्रिया सन्देश सभाहरु प्रदेशिक स्तरमा सम्पन्न भएका छन् । तर जिल्ला स्तरमा एकिकृतको संगठन नहुँदा शिला खोजेर पद दिनुपर्ने अवस्थामा माओवादी पक्ष छ । चुनावको टुङ्गो छैन । नेता नेताको पार्टी एकिकृत समाजवादीका अध्यक्षको हतारो उनकै प्रतिष्ठा वचाउनुमा थियो ।
दोस्रो तहका नेताहरु राजेन्द्र पाण्ड,े विरोध खतिवडा जगनाथ खतिवडा, माधव पौडेलहरुको ठाउँ भएन । त्यस्तै माओवादीका देव गुरुङ, देवन्द्र पौडेल, वर्षमान पुनहरुलाई कस्तो स्थान प्राप्त हुन्छ ? त्यो हेर्न बाँकी छ । महाधिवेशनवाट चुस्त संगठन छरितो कामको दावी सचिवालयको कल्पना गरेका माधव र प्रचण्डले नेतालाई दिने जिम्मेवारीमै पार्टीको भावी रूप निर्धारण गर्ने बताएका छन् । तीनका अनुयायीहरु धेरै छन । पदको लागि भिड्न, पार्टी फुटाउने प्रवृक्ति कम्युनिष्ट पार्टीहरुमा हावी छ । जहाँ विचार र सिन्धान्तका कुरा गौर्ण छन् ।

