काठमाडौं । एमालेको ११ औं महाधिवेशन केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको घमण्डले गर्दा पहिलाको तुलनामा पेचिलो बन्न पुग्यो । दुई पक्षले प्यानल नै बनाएर आपसी प्रतिस्पर्धामा होमिएका थिए । त्यसले गर्दा एमालेभित्र प्रस्ट रुपमा दुई धार सिर्जना भएको छ । पहिलाका महाधिवेशनमा भित्रभित्र नदेखिने रुपमा गुटउपगुट बन्थे भने यसपालिको ११ औं महाधिवेशनमा ओली र पोखरेलले प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । त्यसले गर्दा एमालेको संगठन हिजोका दिनमा जति एकढिक्का थियो अबका दिनमा त्यो सम्भव छैन ।
ंकिन कि प्रतिधिसभाको निर्वाचनमा महाधिवेशनको ‘इगो’ नसाध्लान् भन्न सकिँदैन । ११ औं महाधिवेशनकै कारणले गर्दा एमालेमा कांग्रेसको जस्तै संस्थापन पक्ष र इतरपक्षको घम्साघम्सी हुने देखिन्छ । त्यसको फाइदा कांग्रेसले लिने सम्भावना बढेर गएको छ ।
उता, नेपाली कम्युनिस्ट पार्टीले पनि आफ्नो जित निश्चित नभएको ठाउँमा एमाले हराउ भनियान चलाउने छ । एमालेमाथि आक्रमण भएको स्थानमा कांग्रेसले जित्ने सम्भावना बढेर गएको छ । केन्द्रीय महाधिवेशनमा देशैभरका प्रतिनिधिहरु दुई प्यानलमा विभाजित भएपछि त्यसको असर जिल्ला, क्षेत्र, नगरहुँदै वडा तहसम्म पुग्ने पक्का छ । पहिलाका महाधिवेशनहरुमा एमालेले चुनावबाट नेतृत्व चयन गरे तापनि अधिकांश पदहरु सर्वसम्मतमा चयन गर्ने गरेको थियो ।
त्यसले गर्दा कार्यसमितिमा अध्यक्ष हावी हुने गरेका थिए । तर, यसपटकको महाधिवेशनमा दुई प्यानल कडा प्रतिस्पर्धामा गएको कारण नेता÷कार्यकर्ताबीच देखिने गरी विभाजन आएको छ । नेता÷कार्यकर्ताबीचको विभाजनले गर्दा एमालेको संगठन दुई धारमा विभाजित भएको छ । सो विभाजनले गर्दा आगामी फागुन २१ को निर्वाचनमा एमालेलाई ठूलो असर पर्ने देखिन्छ ।
एकातिर महाधिवेशनको कारण एमालेभित्र दुई धार हुनु अर्कोतिर एमालेबाटै फुटेर गएको एउटा तप्का नेपाली कम्युनिस्ट पार्टी बन्न पुग्नुले एमालेलाई असर पर्ने देखिन्छ । त्यो तप्काले आफू चुनाव नजितेपनि एमालेलाई हराउने काम गर्ने छ । अझ् केपी ओली समूहलाई नेपाली कम्युनिस्ट पार्टीका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, र वामदेव गौतमहरुले त देख्नै सक्दैनन् । त्यसकारण ओली समूहका नेताहरुलाई प्रनिधिसभा निर्वाचन जित्न धौ–धौ पर्ने देखिन्छ ।
त्यसैगरी ओलीले राष्ट्र र राष्ट्रियताको विषय उठान गरेर लिम्पियाधुरा समेटिएको चुच्चे नसक्दा सार्वजनिक गरेपछि छिमेकी मुलुक भारत पनि ओलीसँग पहिलादेखि चिडिँदै आएको थियो । त्यसले गर्दा ओलीलाई भारतले विश्वास गर्न छाडेको छ । त्यसैगरी उत्तरी छिमेकी मुलुक चिनले पनि वामपन्थी एकताको लागि कार्ड फालिइरहँदा ओलीले त्यसको सुनुवाइ नगरेपछि ओलीसँग चीन पनि रुष्ट बनेको थियो । त्यसले गर्दा दुई छिमेकी मुलुकलेसमेत ओलीलाई सहयोग देखिँदैन । त्यसको असर सिंगो एमालेलाई पर्ने देखिन्छ ।
त्यसले गर्दा महाधिवेशनमा दुई प्यानलबाट आन्तरिक प्रतिस्पर्धा गरे तापनि महाधिवेशनबाट जुन प्यानल निर्वाचित भए तापनि संस्थापन पक्षसँग एकढिक्का भएर पार्टी संगठनमा जुट्नुपर्ने देखिन्छ । तर, महिाधिवेशनको ‘इगो’ साँधेर निर्वाचनमा होमिएको खण्डमा एमालेमाथि चारैतिरबाट आक्रमण हुने पक्छ । त्यसले गर्दा नेतृत्व अथवा पदाधिकारीमा जुनसुकै प्यानलबाट निर्वाचित भए तापनि एमालेलाई एकढिक्का बनाउने गरी काम गर्न आवश्यक छ । महाधिवेशनमा जस्तै एउटा प्यानल र अर्को प्यानलबीचको रस्साकस्सी कायम राखिरहेको खण्डमा एमालेको संगठन ध्वस्त हुने छ ।

