हार्दिक पाण्ड्यलाई ढिलो ओभर रेटको कारण १२ लाख जरिवाना

खेलकुद समाचार

काठमाडौं । जारी आईपीएल खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई गुजरात टाइटन्स विरुद्वको खेलमा १२ लाख रुपैँया जरिवाना गरिएको छ ।

गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा उनको टोलीको ढिलो ओभर रेटको कारण उनलाई जरिवाना गरिएको हो । गुजरात टाइटन्सको एक सय ९६ रनको जवाफमा मुम्बई इन्डियन्सले २० ओभरमा एक सय ६० रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *