लुम्बिनीकी प्रदेश सांसद गीता गुरुङको राजीनामा अस्वीकृत, उपस्थित भई सनाखत गर्न निर्देशन

राजनीति समाचार

काठमाडौं । जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङको राजीनामा अस्वीकृत भएको छ ।

बेलायतमा रहेकी गुरुङले केही दिनअघि बेलायतबाट हस्तलिखित राजीनामा इमेलमार्फत पठाएकी थिईन् । प्रदेशसभा सचिवालयको इमेलमा गुरुङले हस्तलिखित राजीनामा पठाए पनि प्रक्रिया पूरा नभएको भन्दै अस्वीकृत गरिएको बताइएको छ ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले गुरुङलाई स्वयं उपस्थित भई सनाखत गराएर निर्देशन दिएका छन् । योसँगै सांसद गुरुङको राजीनामा स्वीकृत हुन उनी आफैं उपस्थित हुनुपर्ने भएको छ । यता जनमत पार्टीले पनि गुरुङको राजीनामा स्वीकृत गराउन दवाब बढाएको छ ।

प्रदेशसभा सचिवालयमा गीता गुरुङले पठाएको राजीनामा पत्र आधिकारिक इमेलमार्फत प्राप्त नभएको, उनको हस्ताक्षरसमेत त्यहाँ भएको हस्ताक्षरको हिज्जेसँग नमिलेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *